या देवी सर्वभूतेषु माँ कालरात्रि रूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमाे नमः ।।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमाे नमः ।।
माता
कालरात्रिको वर्ण रात्रिसमान कालाे छ, तर त्यस्ताे वर्ण भएकी
माता कालरात्रि अन्धकारलार्इ नाश गर्नुहुन्छ। दुष्टहरू अथवा राक्षसहरूकाे अन्त
गर्ने माता दुर्गाको यो रूप देख्नमा अत्यन्त भयङ्कर भए पनि उहाँले फल भने शुभ
दिनुहुन्छ। यसैले उहाँलार्इ माता "शुभंकरी" पनि भनिन्छ। माता
कालरात्रिका अाँखा ब्रह्माण्डजस्ता गोला–गाेला छन। हरेक
श्वासका साथ माताकाे नासिकाबाट अग्निका ज्वालाहरू निस्किरहन्छन। अाफ्ना चारमध्ये
एक हातमा खुँडा, अर्काेमा लाैह अस्त्र— अंकुशे लिएकी, अनि अन्य दुइ हातमध्ये एक अभय मुद्रा
अनि अर्काे वर मुद्रामा व्यस्त रहने माता कालरात्रि अाफ्नाे वाहन गर्दभ अर्थात
गदामा सवार हुनुहुन्छ।
नवरात्रिकाे
साताैं दिन माता कालरात्रिकाे उपासना तलकाे मन्त्रका साथ गरिन्छ-
एकवेणी
जपाकर्णपूरा नग्ना खरास्थिता, लम्बोष्टी
कर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी।
वामपादोल्लसल्लोहलताकण्टकभूषणा, वर्धनमूर्धध्वजा कृष्णा कालरात्रिर्भयङ्करी॥
वामपादोल्लसल्लोहलताकण्टकभूषणा, वर्धनमूर्धध्वजा कृष्णा कालरात्रिर्भयङ्करी॥
माता
कालरात्रिकाे पूजाका लागि उपयोगी खाद्य साम्रग्री: सप्तमी तिथिकाे दिन भगवतीकाे
पूजामा गुँड़को नैवेद्य अर्पित गरेर ब्राह्मणलार्इ दिनुपर्दछ। यसाे गर्नाले पुरुष
शोकमुक्त हुनसक्दछ भन्ने मान्यता रहिअाएकाे छ।
माता कालरात्रिकाे पूजा गर्नाले मनुष्यले समस्त सिद्धि प्राप्त गर्नसक्छ भन्ने मान्यता विशेषतः रहिअाएकाे छ। माता कालरात्रि पराशक्तिहरूकाे साधना गर्ने मानिसहरूबीच निकै प्रशिद्ध हुनुहुन्छ भन्ने विश्वास गरिन्छ। छाेटकरीमा भन्नुपर्दा, माता कालरात्रिकाे भक्तिकाे परिणामस्वरूप दुष्टहरूकाे नाश हुन्छ र ग्रहसम्बन्धी बाधाहरू टर्छन भन्ने मान्यता रहिअाएकाे छ।
No comments:
Post a Comment