नवरात्रिको सातौं दिन आज अधिराज्यभरि धार्मिक परम्परानुसार फूलपाती भित्र्याइँदै छ।
उखुको बोट, केराको
बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका
पात, अदुवाको
बोट र फलफूल आदि नयाँ पालुवालाई फूलपातीका रूपमा आजै शुभ साइतको प्रतीक मानी
दुर्गा भवानीको प्रतिमा राखिएको दशैं-घरबाट विधिपूर्वक भित्र्याउने काम गरिन्छ।परम्परानुसार, गोरखा
दरबारको दशैं-घरबाट ल्याइएको फूलपाती आजै हनुमानढोकास्थित दशैं-घरमा भित्र्याइञ्छ।
सो फूलपातीलाई गोरखाबाट धादिङ्ग जिल्लाको जीवनपुरसम्म दशैं-घरका पुजारीसहित
६जना मगर जातिका पुजारीले र त्यहाँदेखि जमलसम्म काठमाडौँबाट गएका पुजारीले बोकेर
ल्याउने चलन छ। हनुमानढोकाबाट हर्षबढाईका साथ गएको लावालस्करले
जमलमा राखिएको सो फूलपाती
हनुमानढोकास्थित दशैं-घरमा ल्याउँछ। फूलपाती लिन ब्याण्ड-बाजा, गुरुज्यूको
पल्टन, पन्चैबाजा, सिंगारिएका कल्स्यौली,
आशागुर्जाटोली, सांस्कृतिक नाच-गान टोली, निजामती कर्मचारी,
सैनिक र प्रहरीहरु सम्मिलित हुन्छन।
नेपाली सेनाद्वारा टुंडिखेलमा आयोजित बढाइँ
समारोह सम्पन्न भएपछि जमलमा रहेको फूलपातीलाई हनुमानढोकामा
भित्र्याइञ्छ।तस्विर सौजन्य: गुगल
No comments:
Post a Comment