Sunday, January 31, 2021

भारत-नेपाल शान्ति तथा मैत्री सन्धि १९५० : भारतमा विलीन नेपालको अस्तित्व

सावित्री बस्नेत
माघ ८ गते, २०७७ १७:२१ मा प्रकाशित
काठमाडौँ । सामान्यतया सम्झौता आपसी मनमुटाब कम गर्न, बराबरीको हैसियत र हक लाग्छ भन्ने आधारको प्रमाण पेस गर्न, आपसी समझदारी कायम गर्न, कुनै निश्चित मापदण्ड भित्र बाँधेर राख्न गरिन्छ । चाहे त्यो कुनै व्यक्ति बिच गरिएको होस् या राष्ट्रका बिच सन्धि सम्झौताले सदैव मान मर्यादाको बोध गराउँछ भने अनुशासनमा राख्न सघाउ पुग्छ । तर नेपालका लागी भने छिमेकी मुलुक भारतसंग भएको सन्धि करिब सात दशकदेखि घाँटीमा अड्किएको काँडा बनेको छ ।

वि.सं २००७ श्रावण १६ सोमबार तदनुसार ३१ जुलाई, १९५० खुला सिमाना भएका एसिया महादेशका दुई छिमेकी राष्ट्रबिच द्विपक्षीय शान्ति तथा मैत्री सन्धिमार्फत एउटा विशेष सम्बन्ध स्थापित भयो ।

तर इतिहासमा कहिल्यै कसैको उपनिवेश नबनेको, स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न भएको देशका बाबजुद पनि सोही सन्धिको तहत आज भारतसंग आकुल व्याकुल भई अस्तित्व कायम गर्नुपरेको छ ।

कुनै वेला नेपालको पूर्वमा टिस्टा नदीसम्म साँध लागेको देश आज आफ्नै भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नक्सा बनाउँदा छिमेकी रिझाउन परेको छ ।

उबेला नेपालका तत्कालीन राणा शासकले आफ्नो सत्ता जोगाउने होडमा देशको स्वामित्व नै प्रभाव गर्ने गरी र भारत भने तिब्बतसंग बच्नका निम्ति गरिएको हतारोका असमान सन्धि–सम्झौताले आज करौडौं नेपाली अपमानत्वको भान गरी रहेका छन् ।

यसो त विभिन्न परिस्थितिमा राष्ट्रहरूका बीच सन्धि हुन्छन् । परिस्थितिवश त्यस्ता सन्धिहरू भङ्ग पनि गरिन्छन् । सन्धिहरू अवस्थाअनुसार निश्चित समयका लागी हुन्छन् । यस्ता सन्धिहरू द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय हुन्छन् । भारतसंग नेपालको सन्धि द्विपक्षीय सन्धि हो । जुन नेपालीहरूलाई अझै पनि खड्किरहेको छ । बेलाबेलामा यो सन्धिको पक्ष–विपक्षमा चर्को बहस हुँदै नेपालमा यस सन्धिको पुनरावलोकन, खारेज गर्नुपर्ने माग गरिए पनि अहिलेसम्म न संशोधनका लागी पक्रिया नै अघि बढाइएको छ, नत कुनै राजनीतिक पार्टीका एजेन्डाका नै बनेका छन् ।

भारतमा विलीन भयो नेपालको अस्तित्व

भारतको हेपाहा प्रवृद्धि , नेपालको भूमि प्रति हस्तक्षेप, आन्तरिक मामिलामा दखल, छोटे भाइको संज्ञा दिएको मूल कारण भनेको विशेषतः २००७ साल साउन १६ गते भएको सन्धि तथा एक्सचेन्ज अफ लेटर हो । यो सन्धिले ‘एक अर्का देशका बासिन्दा बिना राहदानी तथा भिसा निर्वाध आवत–जावत गर्न पाउनेछन्’ भनेर व्यवस्था गरेको छ । नेपालले हदै लचिलो भएर हस्ताक्षर गरेको यो सन्धि हितविपरित छ भन्ने कुरा छर्लङ्ग हुन्छ ।

नेपालका लागि सम्मानजनक र समान हैसियतको नभएको उक्त सन्धिमा नेपालका लागी भने श्री ३ प्रधानमन्त्रीले हस्ताक्षर गरेका छन् भने भारतबाट एक राजदूतले । यसबाट नेपालको सम्मान कहाँसम्म रहेछ या रहेको छ भन्ने स्पष्ट हुन्छ ।

यस्तो थियो भारत नेपाल बिच भएको सन्धि नेपालीमा अनुवाद

Article 1
There shall be everlasting peace and friendship between the Government of India and the Government of Nepal. The two Governments agree mutually to acknowledge and respect the complete sovereignty, territorial integrity and independence of each other.

धारा-१
नेपाल भारत सरकारका बीच स्थायी शान्ति र मित्रता रहिरहनेछ । दुवै सरकार परस्परमा एक अर्काको पूर्ण प्रभुसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति सम्मान र समर्थन गर्न स्वीकार गर्दछन् ।

Article 2
The two Governments hereby undertake to inform each other of any serious friction or misunderstanding with any neighbouring State likely to cause any breach in the friendly relations subsisting between the two Governments.


धारा-२
दुबै सरकार परस्परमा कायम रहेको मित्रतापूर्ण सम्बन्धमा खलल पर्न जाने सम्भावना रहने गरी कुनै छिमेकीसँग गम्भीर खटपट वा विवाद उत्पन्न भएका एक अर्कालाई जानकारी दिने प्रतिवद्ध छन् ।

Article 3
In order to establish and maintain the relations referred to in Article 1 the two Governments agree to continue diplomatic relations with each other by means of representatives with such staff as is necessary for the due performance of their functions. The representatives and such of their staff as may be agreed upon shall enjoy such diplomatic privileges and immunities as are customarily granted by international law on a reciprocal basis : Provided that in no case shall these be less than those granted to persons of a similar status of any other State having diplomatic relations with either Government.

धारा-३
धारा १ मा उल्लेख भएअनुसार सम्वन्ध स्थापना गर्न र त्यसलाई कायम गर्नका लागि दुबै सरकार आवश्यक कामकाजको सुसञ्चालनका लागि आवश्यक कर्मचारी र आफ्ना प्रतिनिधिहरुद्वारा एक अर्कासँग कूटनीतिक सम्बन्ध राख्न राजी छन् ।

ती प्रतिनिधिहरु र तोकिएका कर्मचारीहरुले पारस्परिक आधारमा प्रचलित व्यवस्थाअन्तर्गत अन्तर्राष्ट्रिय कानूनले प्रदान गरेका सबै कुटनीतिक विशेषधिकार र उन्मुक्तिहरुलाई उपभोग गर्नेछन् । यी अधिकारहरु दुबैमध्ये एक मुलुकको कूटनीतिक सम्बन्ध भएको कुनै अर्को मुलुकका समानस्तरका व्यक्तिहरुलाई दिइएका अधिकारभन्दा कुनै पनि हालतमा कम हुने छैनन् ।

Article 4
The two Governments agree to appoint Consuls-General, Consuls, Vice-Consuls and other consular agents, who shall reside in towns, ports and other places in each other’s territory as may be agreed to. Consuls-General, Consuls, Vice-Consuls and consular agents shall be provided with exequaturs or other valid authorization of their appointment. Such exequatur or authorization is liable to be withdrawn by the country which issued it, if considered necessary. The reasons for the withdrawal shall be indicated wherever possible. The persons mentioned above shall enjoy on a reciprocal basis all the rights, privileges, exemptions and immunities that are accorded to persons of corresponding status of any other State.


धारा-४
दुबै सरकारहरु एक अर्को मुलुकका तोकिएका शहर, बन्दरगाह र अन्य स्थानहरुमा बस्ने महावाणिज्यदूत, वाणिज्यदूत, उपवाणिज्यदूत र वाणिज्य प्रतिनिधिहरु नियुक्त गर्न मञ्जुर छन् । महावाणिज्य दूत, उपवाणिज्यदूत र वाणिज्य प्रतिनिधिहरुलाई उनीहरुको पदाधिकारमा नियुक्तिको वैधानिक प्रमाणपत्र प्रदान गरिनेछ ।

ती पदाधिकारी या नियुक्तिको वैधानिक प्रमाण पत्रलाई सो प्रदान गर्ने मुलुकले आवाश्यक ठानेमा फिर्ता लिन सक्नेछ । सम्भव भएका त्यसरी फर्ता लिइनुको कारणको जनाउ दिन सकिनेछ । माथि उल्लेखित व्यक्तिहरुले पारस्परिक आधारमा ती सबै हक विशेषाधिकार र उन्मुक्तिहरुको उपयोग गर्नेछन्, जुन ती मुलुकका समान श्रेणीका व्यक्तिहरुलाई प्रदान गरिएको छ ।

Article 5
The Government of Nepal shall be free to import, from or through the territory of India, arms, ammunition or warlike material and equipment necessary for the security of Nepal. The procedure for giving effect to this arrangement shall be worked out by the two Governments acting in consultation.

धारा-५
नेपाल सरकारलाई आफ्नो सुरक्षाका लागि आवश्यक पर्ने हातहतियार, विष्फोटक सामाग्री या गोलीगठ्ठा, कलपूर्जा आदि स्वतन्त्रतापूर्वक भारतीय भूमिबाट र भारतीय भूमि भएर आयात गर्ने अधिकार रहनेछ । यी प्रवन्धलाई कार्यरुप दिन दुबै सरकारले परस्परमा परामर्श गरी एउटा कार्यप्रणाली तय गर्नेछन् ।


Article 6
Each Government undertakes, in token of the neighbourly friendship between India and Nepal, to give to the nationals of the other, in its territory, national treatment with regard to participation in industrial and economic development of such territory and to the grant of concessions and contracts, relating to such development.

धारा-६
दुबै सरकार नेपाल र भारतबीच विद्यमान असल छिमेकीपन र मित्रताको प्रतीकस्वरुप एकले अर्को देशका नागरिकहरुलाई आफ्नो मुलुकका औद्योगिक र आर्थिक विकासका मामिलाहरुमा सहभागी हुन तथा आर्थिक विकाससँग सम्बन्धित मामिलाहरुमा दिइने सहुलियत र ठेक्का पट्टाहरुमा राष्ट्रिय व्यवहार प्रदान गर्नेछन् ।


Article 7
The Governments of India and Nepal agree to grant, on a reciprocal basis, to the nationals of one country in the territories of the other the same privileges in the matter of residence, ownership of property, participation in trade and commerce, movement and other privileges of a similar nature.


धारा-७
नेपाल र भारत दुबै देशका सरहकारहरु समान आधारमा एक अर्को देशका नागरिकहरुलाई आ-आफ्नो भू-भागमा बसोबास तथा सम्पत्तिको भोगचलन गर्ने, उद्योग र व्यापारिक कारोवारमा भाग लिने, डुलफिर गर्ने र यस्तै प्रकारका अन्य विशेषाधिकारहरु प्रदान गर्न स्वीकृत प्रदान गर्दछन् ।

Article 8
So far as matters dealt with herein are concerned, this Treaty cancels all previous Treaties, agreements, and engagements entered into on behalf of India between the British Government andthe Government of Nepal.

धारा-८
जहाँसम्म यहाँ उल्लेख भएका कुराहरुको सवाल छ तिनको हकमा यो सन्धिले नेपाल सरकार र भारत सरकारको तर्फबाट ब्रिटिश सरकारको बीचमा भएका सबै सन्धिहरु, संझौताहरु र प्रतिज्ञापत्रहरुलाई खारेज गरेको छ ।


Article 9
This Treaty shall come into force from the date of signature by both Governments.

धारा-९

हस्ताक्षर गरिएकै मितिदेखि यो सन्धि लागू गरिनेछ।

Article 10
This Treaty shall remain in force until it is terminated by either party by giving one year’s notice.

धारा-१०
कुनै एक मुलुकले एक वर्षको सूचना दिई खारेज नगरेसम्म यो सन्धिको अस्तित्व रहिरहनेछ ।

यही सन्धिमा उल्लेख बुँदाहरूका आधारमा विगत ७० वर्ष देखी भारतले आफूलाई बढे भाइको दर्जामा राखेको हुँदा कम्तिमा पनि नेपाल सन्धिका धारा २, ५, ६ र ७ लाई खारेज वा पुनरावलोकन गर्ने चाहान्छ । उक्त बुँदामा प्रयोग गरिएका भनाईहरु वर्तमान अवस्थामा नेपाललाई पटक्कै स्विकार्य छैन ।

माथि उल्लेखित धारा २ मा भनिएको छ : कुनै राष्ट्रसँग ठूलो खलबल वा फाटो पर्न आई त्यसबाट दुई सरकारका बीचमा रहेको मैत्रीको सम्बन्धमा खलल पर्न जाने सम्भावना देखिएमा दुवै सरकारले परस्परमा सो कुराको समाचार दिने जिम्मेवारी कबुल गर्छन् ।

तर, भारतले विगतमा चीन र पाकिस्तानसँगको युद्धमा नेपाललाई जानकारी नगराएको जानकारहरु बताउँछन् । भारतले यसरी नेपालसंग परामर्श नगरिनुलाई यो धाराको कार्यान्वयनमा नआएको र यसले एक–अर्काको सार्वभौम अधिकार दवाइएको नेपालको नापी विभागका भूतपूर्व महानिर्देशक तथा सीमाविद्ब बुद्धिनारायण श्रेष्ठ बताउँछन् ।

यस्तै परराष्ट्र मामिलाका जानकार डा.दिनेश भट्टराईका अनुसार बुँदा, ५,६ र ७ बाट नेपाल यसरी हेपिएको छ :

धारा ५ : नेपाल सरकारलाई भारत राज्य क्षेत्रबाट अथवा सो राज्य क्षेत्रको बाटो गरी नेपालको सुरक्षाका निमित्त चाहिने हातहतियार, कलपुर्जा, गोलीगट्ठा, खरखजाना, मालसामानको पैठारी गर्ने अधिकार छ । दुई सरकारले परस्परमा सल्लाह गरी यो बन्दोबस्तीलाई चालू गराउने कारबाहीको तय गर्नेछ ।

तर, यो धाराअनुसार भारतबाटै नेपालले हतियार लिनुपर्ने बाध्यता नभए पनि ०४५ मा नेपालले चीनबाट एन्टी एयरक्राफ्ट गन ल्याउँदा भारतले नाकाबन्दीसम्म ग¥यो । यही सन्धिसम्बन्धित १९६५ को हतियार खरिदसम्बन्धी सम्झौताले पनि नेपाललाई अप्ठ्यारो पारेकाले सच्याउनुपर्ने नेपालको धारणा छ । पछि नेपालले बेल्जियम र अमेरिकाबाट हतियार ल्याउँदा भारतले कूटनीतिक च्यानलमार्फत् असन्तुष्टि जनाएको थियो ।

धारा ६ : भारत र नेपालको छिमेकी मैत्रीभावको प्रतीकस्वरूप दुवै सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका आदर्श सरकारका जनतालाई आफ्ना मुलुकको औद्योगिक, आर्थिक विकास र त्यस्तो विकाससम्बन्धी रियायत र ठेक्काहरूमा भाग लिनलाई राष्ट्रिय व्यवहार दिन कबुल गर्छ ।

तर, यो धाराअनुसार भारतीयलाई राष्ट्रिय व्यवहार गर्न नसकिने नेपालको प्रस्ताव छ । नेपालको जनसंख्या र भूगोलअनुसार यो सम्भव नहुने उल्लेख छ ।

धारा ७ : नेपाल सरकार र भारत सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका अर्को मुलुकका जनतालाई निवास, सम्पत्तिको भोग, व्यापार, वाणिज्यमा भाग लिन, चलफिर गर्न र अरू त्यस्तै प्रकारका विशेषाधिकारहरूका विषयमा पारस्परिक तौरले समान विशेषाधिकार लिनलाई कबुल गर्छन् ।
तर, भारत र नेपालको जनसंख्या र भौगोलिक आकार फरक भएका कारण यो कार्यान्वयन हुन नसक्ने र प्रावधान नै संशोधन गर्नुपर्ने नेपालको प्रस्ताव छ ।

तसर्थ, यहि सन्धिका कारण नेपालले आज भारतबाट छोटे भाइका दर्जा पाइरहेको छ । भने नेपालले भारतको हित हुने काम नगरेको खण्डमा पटकपटक युद्ध पछिको सबैभन्दा ठुलो पिडा नाका बन्दी भोग्नु परेको छ ।

सन्धिको १० औँ बुँदामा एक वर्षको सूचना दिएर खारेज गर्न सक्ने प्रावधान भएपनि संसोधन गर्ने व्यवस्था छैन । समयसमयमा जनता तथा विभिन्न राननितिक दलहरुले उक्त सन्धि खारेज गर्ने माग राखेपनि अहिले सो मागहरु सेलाएका छन् । आजको नेपालको आवश्यकता र समयको माग नेपाल भारत शान्ति तथा मैत्री सन्धी, १९५० को खारेजी वा पुनरावलोकन गर्नु हो ।

यदि उक्त सन्धि खारेज भएमा भारतबाट बारम्बार नेपाललाई हुने यातना झेल्नु नपर्ने आम जनमानसको विश्वास छ । यसैले सन्धिको कारण भारतमा विलिन भएको नेपालीको स्वामित्व, आत्मसम्मान फिर्ता पाउने एउटै उपाय भनेको सन्धिको खारेजी मात्र हो ।

Tuesday, January 12, 2021

नेपाल एक-अर्को छिमेकीविरुद्ध कार्ड खेल्ने पक्षमा छैन : ओली


'भारत-चीन वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न तयार छु'

नयाँदिल्ली — प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मुलुक भूगोल र जनसंख्याका हिसाबले सानो–ठूलो नहुने बताएका छन् । भारतीय टेलिभिजन जी न्युजसँगको अन्तर्वार्तामा उनले एउटा भौगोलिक क्षेत्रमा रहेका दुई छिमेकबीच सार्वभौम हिसाबले सम्बन्ध हुनुपर्ने जिकिर गरेका छन् । ‘यो पुरानो जमाना होइन, यो स्वाधीनता र पारस्परिक सम्मानको समय हो,’ उनले भने ।

कुनै पनि विषयमा बहस हुँदैमा त्यसलाई अन्यथा मान्न नहुने पनि ओलीको भनाइ थियो । ओलीले त्रेतायुगदेखि नै दर्शनको सुरुवात भएको हुँदा स्वस्थ बहस हुनु राम्रो भएको बताए । उनले त्यस्तो बहस सत्य बाहिर ल्याउनका लागि हुनुपर्नेमा जोड दिए । भारतलाई ठूलो दाजु मान्न अस्वीकार गरेको भन्ने प्रश्नमा ओलीले उमेरमा मोदी ठूलो भए पनि प्रधानमन्त्रीका रूपमा एउटा सार्वभौम मुलुकका हिसाबले सम्बन्ध रहने बताए । ‘मोदीजीलाई व्यक्तिगत रूपमा सम्मान गर्छु तर देश सानो–ठूलो हुँदैन,’ उनले भने । तर, यसलाई मोदीलाई सम्मान गरेन र बराबरी ठान्यो भनेर गलत अर्थमा बुझ्ने गरेको उनले बताए ।

प्रधानमन्त्री ओलीले भारत र चीन दुवै छिमेकी भएको हुँदा नेपाल एक–अर्काविरुद्ध कार्ड खेल्ने पक्षमा नरहेको प्रस्ट पारे । ‘एक–अर्काविरुद्ध कार्ड खेल्ने कुरा होइन, यसले राम्रो गर्दैन, कार्ड खेल्ने र छक्याउने काम तुरुन्त बन्द गर्नुपर्छ,’ उनले भने । दुवै छिमेकी विकासमा अगाडि भएकाले नेपालका लागि राम्रो अवसर भएको समेत उनले उल्लेख गरे ।

चीन र भारतबीच लद्दाखको गलवान उपत्यकामा विवाद र नेपालले नयाँ राजनीतिक नक्सासँग कुनै सम्बन्ध नरहेको समेत ओलीले प्रस्ट पारेका छन् । उनले भने, ‘गलवानसँग नेपालको कुनै सरोकार छैन, दिल्लीले नेपालको भूभाग राखेर किन नयाँ नक्सा निकाल्यो ? कश्मीर र लद्दाखमै किन सीमित नभएको ? त्यसपछि हामीले कूटनीतिक नोट पठायौं । वार्ताको प्रस्ताव गर्‍यौं । कुनै सकारात्मक जवाफ आएन । फेरि हाम्रो भूमिमा सडक बनाएर उद्घाटन गरियो । हामीले विरोध गर्‍यौं । त्यहाँ गलवानको विषयलाई किन जोड्ने ?’ नेपालले सधैं तटस्थताको नीति लिएको हुँदा दुई देशको राजनीतिमा कसैको पक्ष नलिनेमा पनि उनले जोड दिए । बरु नेपालले दुई देशबीच सम्बन्ध सुधार गर्न वार्ताको पहल गर्न सक्नेसमेत ओलीको भनाइ थियो ।

भारतमा पछिल्लो समय नेपालले चीनको पक्ष लिइरहेको भन्ने बुझाइ गलत रहेको ओलीले बताए । उनले दुई ठूला हात्तीको द्वन्द्व र मित्रताको प्रसंग केलाउँदै नेपालले दुवै छिमेकीसँग सौहार्दपूर्ण सम्बन्ध राख्न चाहेको जनाए । ‘दुई हात्ती मिले पनि मैदान साफ, नमिले पनि साफ । तर दुई हात्ती मिले मैदान साफ भन्ने कुराचाहिँ म हटाउन चाहन्छु,’ उनले भने ।

अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भने, ‘भारत र चीन दुवै हाम्रा मित्रराष्ट्र हुन् । दुवै देश साथी नै हुन् । भारत–चीन विवाद नेपालको हितमा पनि हुँदैन । हामी कुनै देशविरुद्ध कार्ड प्रयोग गर्दैनौं । हामी दुवै देशबीच सन्तुलित सम्बन्ध विकास गर्न चाहन्छौं । दुई देशबीच विवाद बढ्दै गएको त्यसको असर नेपालले पनि भोग्नुपर्नेछ । त्यसैले हामी दुई देशबीच शान्ति र विकासका पक्षमा सहकार्य होस् भन्ने चाहन्छौं ।’

ओलीले अगाडि भने, ‘दुवै देशका नेता हाम्रा साथी हुन् । म चिनियाँ राष्ट्रपति सी चिनफिङजीसँग पनि कुरा गर्न सक्छु । प्रधानमन्त्री ली कछ्याङजीसँग र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग पनि कुरा गर्न सक्छु । हामीहरु साथीजस्तै मात्रै होइनौं, साथी नै हौं ।’ त्यस्तै प्रधानमन्त्री ओलीले नेपालको जमिन र आकाश कुनै देशविरुद्ध पनि प्रयोग गर्न नदिने बताए ।

ओलीले भारतसँगको सम्बन्ध थप सुदृढ बनाउने पक्षमा रहेको संकेत गरेका छन् । वैशाखमा घोषणा गरिएको चुनावमा आफ्नो पार्टीले बहुमत पाउने र नभए कम्तीमा पहिलो दल बन्ने उनको दाबी थियो । ‘बहुमत ल्याउँछौं, नभए सबैभन्दा ठूलो दल त बन्छौं नै, चुनावपछि दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउँछौं,’ उनले भने । प्रधानमन्त्री ओलीले अहिलेको जमाना विगतमा जस्तो अरूलाई लुट्ने नभएर आफैंले विकास गर्ने भएको र त्यो शान्तिबाट मात्र सम्भव हुने जिकिर गरे । शान्ति नभए विकासमा खर्च गर्नुपर्ने स्रोत र साधन शान्ति कायम गर्न खर्चिनुपर्ने उनको भनाइ थियो । ‘त्यसैले हामी दुवै छिमेकीबीच राम्रो सम्बन्ध होस् भन्ने चाहन्छौं,’ उनले भने । भारतसँगको जस्तो रोटीबेटी र विशेष सम्बन्ध चीनसँग पनि बन्न सक्छ भन्ने प्रश्नको जवाफमा भने उनले भारत वर्ष, हिमवत खण्ड र ऋषिमुनिहरूका बारेमा लामो व्याख्या दिए ।

‘सन् २०१४ मा मोदी सत्तामा आएपछि देखिएको राष्ट्रवादको लहरलाई अनुसरण गर्नुभएको हो ?’ भन्ने प्रश्नमा ओलीले अहिले औपनिवेशकालीन जमाना नभएको र त्यसको अवशेष छ भने त्यसलाई मनमस्तिष्कबाट समाप्त पार्नुपर्ने जवाफ दिए । उनले अखण्ड भारत कहिल्यै नभएको, पूरै भारत वर्षअन्तर्गत विभिन्न राज्य रहेको दाबी गरे । राम जन्मभूमिको विषयलाई भने ओलीले धेरै महत्त्व दिएनन् । उनले आफूले यस विषयमा विवाद गर्नेभन्दा पनि रामको पवित्र जन्मभूमि पहिचान हुनुपर्छ मात्र भनेको बताए । आफूले इतिहास र कूटनीतिलाई मिसाउन नखोजेको समेत उनले जिकिर गरे ।

चीन र भारतसँग नेपालको सम्बन्धको सन्दर्भमा भारतसँग नेपालको धेरै भाषा मिल्नुका साथै कर्णाली, कोसीलगायतका नदी बगेर जाने तर त्यहाँ रहेका माछा र चरालाई सीमाको मतलव नहुने उनको भनाइ थियो । भारतले सत्य र तथ्यलाई मान्नुपर्ने र भावनालाई बुझ्नुपर्ने उनले बताए ।

नक्सा भारतले पनि निकाल्ने गरेकाले नेपालले नक्सा निकाल्नुलाई स्वाभाविक रूपमा लिनुपर्ने उनको भनाइ थियो । ‘भारत र पाकिस्तानले पनि बेग्लाबेग्लै नक्सा निकालेका छन्, त्यसैले जुन दिन विवाद सुल्झिन्छ, त्यो दिन हाम्रो पनि एउटै नक्सा निकालिनेछ,’ उनले भने । उनले सीमा सम्बन्धमा भारतले गरेको जस्तो व्यवहार चीनले गर्दा पनि नेपालले त्यस्तै व्यवहार गर्ने दाबी गरे । ‘सार्वभौमिकता र भौगोलिक अखण्डताको सवालमा सानो र ठूलो भन्ने हुँदैन, हामी सबैसँग समान व्यवहार गर्छौं,’ उनले प्रस्ट्याए ।कान्तिपुर, पुस २८, २०७७ सुरेशराज न्यौपाने