यसरी नगर परिक्रमा गर्दा यसै वर्ष
मृत्यु भएका व्यक्तिको परिवारका सदस्य तथा श्रद्धालुहरु गाईको पुच्छर समाई वैतरणी
नदी पार गरिन्छ भन्ने धार्मिक मान्यताका आधारमा गाईका नाममा फलफूल, दही, च्युरा, आदि दान गर्नेगर्दछन।
गाईजात्रामा गाई र जोगीको भेषमा सिंगारिएका मानिसहरुले लाखे नाच प्रदर्शन गर्दछन।
आजै मृतकका परिवारले मृतकको गुणगान र
कीर्तिले भरिपूर्ण जीवन-चरित्रमा आधारित गीति-रचना रामायण गाएर नगर परिक्रमा गर्ने
चलन छ।
यस जात्रालाई काठमाडौँ उपत्यकाका साथै
बनेपा, धुलिखेल, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धनकुटा, धरान, बिराटनगर, बिरगंज, हेटौंडा, पोखरा, पाल्पा, डोटी, सुर्खेत आदि स्थानहरुमा पनि साँस्कृतिक पर्वका रूपमा मनाइने चलन छ।
फाेटाे सौजन्य: गुगल
No comments:
Post a Comment