चीनमा नयाँ नेतृत्वको उदयको समाचार सार्वजनिक गर्ने तयारी भैरहेको छ जसले आगामी यक दसकसम्म जन गणतन्त्र चीनको शासनको कार्यभार सम्हाल्नेछन।
बिहिबार विहान तोकिएका पार्टी प्रतिनिधिहरुले चीनको सर्वोच्च निर्णायक अङ्ग नयाँ पोलिटब्यूरो स्थायी समितिलाई अनुमोदन गर्नेछन।
त्यसपछि विहान एघार बजे समितिका सदस्यहरुको वरिष्टता क्रम सार्वजनिक गरिनेछ।
उपराष्ट्रपति सी जिन्फिंगले निवर्तमान हुनलाग्नुभएका राष्ट्रपति हु जिन्थाओको स्थान लिनुहुने निश्चितप्राय भएकोछ।
उपप्रधानमन्त्री लि खछ्यांग पनि उच्च ओहदा सम्हाल्ने पक्का भएको छ।
समितिका अन्य पदहरु कसले सम्हाल्ने भन्ने कुरा भने अझै स्पष्ट भैसकेको छैन।
प्रतिस्पर्धामा अग्र पंक्तिमा रहेका नेताहरुमा उपप्रधानमन्त्री वाँग छिशान, प्रचार-प्रसार प्रमुख लिउ युन्शान, पार्टी संगठन विभाग प्रमुख लि युंछाओ, थिआनचिन पार्टी प्रमुख चांग कावलि र उपप्रधानमन्त्री चांग ताच्यांग रहनुभएको छ।

No comments:
Post a Comment