राष्ट्र संघीय सुरक्षा परिषदद्वारा विरोध
अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कोंगोका विद्रोहीहरुले पूर्वी कोंगोमा फेरि ससस्त्र विद्रोह शुरु गरेकाछन। यम 21 भनिने ती बिद्रोहीहरुले राष्ट्र संघीय सेनाद्वारा हेलिकप्टरबाट गोला प्रहर गरिए पनि शनिबार किबुम्बा शहर आफ्नो नियन्त्रणमा लिएको जानकारी बिबिसीले दिएको छ। उत्तरी किभु प्रान्तका प्रशासक जुलिएँ पलुकुले विद्रोहीहरू अत्याधुनिक हतियारले सुसज्जित भएका कारण सरकारी सेना पछि हटेको जानकारी दिनुभएको छ। ती विद्रोहीहरुलाई रुवान्डाको समर्थन रहेको दाबी गर्दै राष्ट्र संघीय विशेषज्ञहरुले रुवान्डाका उच्च स्तरीय अधिकारीहरुलाई राष्ट्र संघीय सुरक्षा परिषदले प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन्।
यसैबीच, राष्ट्र संघीय सुरक्षा परिषदले विद्रोहीहरुको सो कदमको कडा शब्दमा विरोध गरेको छ।
No comments:
Post a Comment