Sunday, November 18, 2012

इजरेली येहुदीहरुको छातीमा मानव मुटु छैन?



गाजाका हमास आतंकवादीहरुले इजरेलमा दर्जनौ रकेट प्रहार गरे। एउटा खस्यो तेल अविवमा, कतै अर्को सानो शहरमा तीनजना मान्छे मारिए। इजरेलले के गर्यो? प्रतिकारमा उसले आफ्नो सारा सैनिक शक्ति ओराल्यो, जगेडा शक्तिलाई समेत सतर्कताको अवस्थामा राख्यो, सिमा क्षेत्रमा सेना तैनाथ गर्यो सरकारको आदेश पाउनासाथ स्थल आक्रमण गर्नेगरी। हमासका सेना प्रमुखलाई मर्यो, अर्का नेतालाई पनि मारयो, त्यसका साथसाथै बाल-बालिकालगायतका अरु चालिसजना सर्वसाधारण नागरिकलाई पनि मारयो। 


इजरेली सेना भन्छ, सेना अझै सयौं निसानाहरुमा प्रहार गर्नचाहन्छ। 

हमासको कुनै विद्रोही समूहको रकेट प्रहारबाट तीनजना इजरेली नागरिक मारिंदा प्यालेस्टाइनी भू-भागका हजारौं निसानामाथि रकेट प्रहार गर्ने, प्रधामन्त्रीकै कार्यालय उडाइदिने, रातभरि सयौं रकेट प्रहार गरेर सुतिरहेका प्यालेस्तिनिहरुको संहार गर्ने! यो कस्तो प्रजातन्त्र हो? कस्तो मानवता हो? इजरेली येहुदीहरुको छातीमा मानव मुटु छैन? 
प्यालेस्टिनी सरकारसँग मिलेर ती दुइ-चारजना बिद्रोही-आतंककारीहरुलाई घरबाट निकालेर कारबाही गर्नसक्ने क्षमता इजरेलसङ्ग छ। त उ किन यसो गर्न चाहदैन? किन उ झन्डै पचास वर्षदेखि निहत्था प्यालेस्टिनी जनतालाई मारिरहेको छ? अनि यो सबै टुलुटुलु हेरेर बस्ने राष्ट्र संघलाई लिग अफ नेसन्सको भाग्य प्रदान गरे के हुन्छ? यसो भएमा, कम्तिमा, वैधानिकरुपमै जंगली सभ्यतामा जस्तै शक्तिको राजले त जरो गाड्न पाउँछ, प्रजातन्त्र भन्ने शब्दको दुरुपयोग त हुनपाउँदैन।         

No comments:

Post a Comment