प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामाको मागलाई बेवास्ता गर्न जारी राखेमा माओबादीसङ्ग समझदारीको सम्भावना अब रहने छैन। नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाले मुख्यालय बल्खुमा कार्यकर्ताहरुको तालिम कार्यक्रमको उद्घाटन गर्दै अभिव्यक्त गर्नुभएको विचार हो यो।
कांग्रेस-एमाले बाबुराम भट्टराईको राजिनामा मात्र माग्ने। राजिनामा नआएसम्म नेकपा माओबादीसङ्ग कुनै वार्ता गर्न सकिदैन भनेर घुर्की मात्र लगाउने होइन, कुनै काम गर्ने नदिने। बाबुरामले मंसिर सात गतेका लागि निर्वाचनको घोषणा गर्नुभयो, कांग्रेस-एमालेले मानेन, बैशाख महिनामा गर्ने गरी घोषणा गर्नुभयो, त्यो निर्वाचन हुनैसक्दैन अरे। अब के देशमा विर्वाचन नै नगर्ने? कि आफू सत्तामा पुगेपछि मात्र गर्ने? तिमी सत्तामा पुगेपछि निर्वाचन गराउछौ भन्ने के ग्यारेन्टी छ? अहिले तिमीले यो निर्वाचन हुनैसक्दैन भानिरछौ, पछि तिमीले घोषणा गरेको निर्वाचन हुनैसक्दैन भनेर माओवादी पार्टीले भन्न पाउने कि नपाउने? तिमीले सहमति गर्ने नचाहदा माओबादीले यस पटक पुराना कार्यक्रम मात्र राखेर बजेट ल्याउनुपर्यो, तिमि कुर्चीमा बसेका बेला माओबादीले यसो गर्न पाउने कि नपाउने?
सहमतिका लागि भनेर वार्ता गर्ने, बैठकमा बस्ने, भत्ता खाने, तर कुरा एउटा मात्र गर्ने: तिमि राजिनामा देउ, अनि मात्र सहमतिका लागि कुरा हुनसक्छ। भन्नुको अर्थ यिनीहरुलाई कुर्ची मात्र चाहिएको छ, देश र जनताका समस्यासँग कुनै चासो पनि छैन, चिन्ता पनि छैन। सहमतिकै लागि भनेर वार्तामा बस्दा बस्दा यिनीहरुले सात महिना बितिसके। सहमति गर्न चाहेको भए त अलिकति यिनले छोड्थे, अलिकति माओवादी पछि हट्थ्यो, एउटा बिन्दुमा पुगिन्थ्यो, देशले निकास पाउँथ्यो। किन यसो भैरहेको छ? तिमीहरु साच्चिकै फेरी फेरिका लागि नेता बन्न चाहन्छौ भने सहमति गर, कुर्चीका लागि मात्र नलड।
सरकार कामचलाउ भएको सात महिना विताइसके यस्तो अवस्थामा बाबुराम भट्टराईले कुर्ची छोडेर कांग्रेस-एमालेलाई प्रधानमन्त्रीको कुर्चीमा आसीन गराउदैमा समस्या समाधान हुदैन। त्यसमा पनि कामचलाउले राजिनामा दिने होइन, अर्को वैधानिक सरकार बनेर कार्यभार नसम्हालुन्जेल काम चलाउने हो। नयाँ प्रधानमन्त्रीको नियुक्ति भै नसकेको अवस्थामा बाबुरामले राजिनामा दिए देशमा सत्ता रिक्तताको स्थिति आउँछ कि आउँदैन? कता लैजनाखोजेका तिमीहरुले देशलाई?
No comments:
Post a Comment