
अमेरिका र इजरेलले कडा विरोध गरेको यस प्रस्ताब महासभाद्वारा पारित भएपछि बोल्दै प्यालेस्टिनी प्राधिकरणक अध्यक्ष महमुद अब्बासले इजरेलसँग 'दुइवटा राज्यको समाधानलाई बचाउने यो अन्तिम मौका' भएको कुरा बताउनुभयो।

आजका दिनदेखि प्यालेस्टिनी प्राधिकरणले अब राष्ट्र संघका छलफलहरुमा भाग लिन सक्छ, र अन्तर्राष्ट्रिय आपराधिक अदालत जस्ता अङ्गहरुमा प्रतिनिधित्व जनाउन सक्छ।
राष्ट्र संघमा भएको यस मतदानको परिणाम घोषणापछि प्यालेस्टाइनको रमाल्ला, पश्चिमी किनारामा सर्बसाधारणद्वारा व्यापक खुशियाली मनाइएको बिबिसीले जनाएको छ।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment