नर्भिक अस्पताल भर्ना भएका अस्वस्थ्य एमाले नेता केपी शर्मा ओलीको छातीमा सङ्क्रमण भएको बताइएको छ । उनलाई सीसीयुमा राखेर अक्सिजन दिइएको अस्पताल स्रोतले जनाएको छ ।
डा. रमेश चोखानी नेतृत्वको टोलीले ओलीको स्वास्थ्य निगरानी गरिरहेको छ ।
डा. रमेश चोखानी नेतृत्वको टोलीले ओलीको स्वास्थ्य निगरानी गरिरहेको छ ।
अमेरिकामा स्वास्थ्य उपचार गरेर यसै साता स्वदेश फर्केका ओलीलाई थप उपचारका लागि दिल्ली लैजाने तयारी भैरहेको समाचार छ।
यसैबीच, नेता केपी ओलीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । उनको उपचारमा संलग्न डा.भरत रावतले ओलीको फोक्सोमा निमोनिया देखिएको र त्यसले गर्दा रगतमा अक्सिजनको कमी भएको बताए । 'उहाँको स्वास्थ्यमा हिजो भन्दा केही सुधार आएको छ, बिहान उहाँ होसमा आउनु भएको छ,' रावतले भने 'उहाँलाई अझ ४८ घन्टा सघन उपचार कक्ष-आईसीयू)मा राखेरै उपचार गरिनेछ ।' उनलाई बाहिरी भेन्टिलेटरमा राखेर पनि उपचार गरिदैंछ ।
ओलीको स्वास्थ्यस्थित बुझ्न प्रधानमन्त्री डा बाबुराम भट्टराई, कांग्रेस उप-सभापति रामचन्द्र पौडेल बिहानै नर्भिक अस्पताल पुगनुभएको थियों । ओलीको स्वास्थ्य बारे बुझ्न अस्पतालमा बिहानैदेखि शुभेच्छुकहरुको भिड लागेको छ ।
No comments:
Post a Comment