Saturday, November 24, 2012

म इजिप्ट माताको कुनै पनि छोरालाई पक्षपात गर्नेछैन


केही दिन अघि व्यापक र असामान्य अधिकार आफूमा निहित गराउनुभएका इजिप्टका राष्ट्रपति मोहम्मद मुर्सिले आफ्नो कदमको प्रतिरक्षा गर्नुभएको छ। राजधानी काएरोमा भेला भएका आफ्ना समर्थकहरु बीच बोल्दै मुर्सिले आफूलाई असामान्य अधिकार दिने आज्ञप्ति वर्तमान अवस्थाको आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो। 
मुर्सिका हजारौं प्रतिपक्षीहरु काएरोको ताहरीर चोकमा भेला भएर मुर्सिको कदमको विरोध गर्नुका साथै देशका कयौं भागमा मुर्सिका पार्टी कार्यालयहरुमाथि आक्रमण गरिरहेका बेला बोल्दै मुर्सिले शान्तिको रक्षकका हैसियतमा आफूले मुलुकलाई स्वतन्त्रता र प्रजातन्त्रको मार्गमा निर्देशित गरिरहेको दाबी गर्नुभयो।
आफूले सशक्त र स्थिर इजिप्ट राष्ट्रको सुनिस्चितताका लागि काम गरिरहेको दाबी गर्दै मुर्सिले यस कदमको ठूलो भविष्य रहेको विचार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो: 'म सबै इजिप्टबासीहरुको पक्षमा छु। म इजिप्ट माताको कुनै पनि छोरालाई पक्षपात गर्नेछैन।'  
मुर्सिलाई असामान्य अधिकार दिने त्यस आज्ञप्तिमा राष्ट्रपतिको निर्णयलाई कुनै पनि निकायले रोक्न नसक्ने कुरा उल्लेख गरिय्र्को छ। 

No comments:

Post a Comment