Saturday, December 29, 2012

राष्ट्रपति रामवरण यादव भारतको पाँच दिने भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता


राष्ट्रपति रामवरण यादव भारतको पाँच दिने भ्रमण सम्पन्न गरी आज अपरान्ह स्वदेश फर्कनुभयो। 
उप-राष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री बाबुराम भट्टराईलगायत उच्चपदस्थ सरकारी अधिकारीहरुले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति यादवको स्वागत गर्नुभयो। 
वनारस विश्वविद्यालयले प्रदान गर्नलागेको 'सम्मानका लागि डाक्टर अफ ल' को उपाधि हासिल गरेर दिल्ली पुग्नुभएका राष्ट्रपति यादवले त्यहाँ रहँदा आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जी, प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, विपक्षी भारतीय जनता पार्टीका अध्यक्ष नीतिन गड्करीलगायतका नेताहरु तथा वरिष्ठ मन्त्रीहरुसँग भेटवार्ता गर्नुभएको बताइएको छ। तस्विर सौजन्य: इकान्तिपुर 

No comments:

Post a Comment