भारतको राजधानी नयाँ दिल्लीमा नगर बसमै सामूहिक बलात्कार गरिएकी तेइस वर्षीया विद्यार्थीको सिंगापुरको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। दिल्लीको अस्पतालमा तीनवटा शल्यक्रिया गरिएपछि उनलाई थप उपचारका लागि गत बिहिबार सिंगापुर पुर्याइएको थियो।
बेलुकि साढे नौ बजे दिल्लीको नगर बसमा चढेका ती छात्रा र उनका पुरुष साथीलाई सरकारद्वारा संचालित नगर बसमै गरिएको यस्तो पाशविक व्यवहारका विरुद्ध दिल्लीका सडकहरुमा भएका हिंसात्मक प्रदर्शनका क्रममा एकजना प्रहरी अधिकृत पनि मारिएका थिए।
माउन्ट एलिजाबेथ अस्पतालमा भर्ना गर्दानै एकदमै गम्भीर र नाजुक अवस्थामा रहेकी ती छात्राको मृत्यु भएको जानकारी अस्पतालका कार्यकारी प्रमुख केल्भिन लो ले दिनुभयो।
नर-पशुहरुको सामूहिक बलात्कारका कारण ती युवतीको मृत्यु भएपछि बोल्दै भारतीय प्रधानमन्त्री मा=मनमोहन सिंहले यस घटनाले आफूलाई निकै दुखित बनाएको कुरा बताउनुभएको छ।
यसै डिसेम्बर सोह्र तारिख बेलुकि भएको त्यस घटनाका आरोपी छजनालाई प्रहरीले गिरफ्तार गरेको छ भने दुइजना प्रहरी अधिकृतलाई निलम्बन गरिएको छ। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment