अमेरिकामा निर्मित स्वनियन्त्रित पौडने रोबटले सानफ्रान्सिस्कोदेखि अस्ट्रेलियासम्मको कीर्तिमानी यात्रा पूरा गरेको छ। सोर हजार छ सय अठसट्ठी किलोमिटरको त्यो कीर्तिमानी यात्रा पूरा गर्न त्यस रोबटलाई एक वर्ष लाग्यो।
त्यस पौडने रोबटको सहायताबाट रोबट निर्माता अमेरिकी कम्पनी लिक्विड रोबटिक्सले प्रशान्त महासागरको तापक्रम, लबणता, र पर्यावरणीय पद्धतिका बारेमा तथ्यांक सङ्कलन गरेको छ। यस रोबटको सफलताले यस्तो प्रविधि खुला समुद्रमा पनि आफ्नो अस्तित्व जोगाउन सफलशिद्ध हुन्छ भन्ने कुरा प्रमाणित गरेको कुरा त्यस रोबट निर्माता कम्पनीले जनाएको छ।
पापा माउ नाम दिइएको यस रोबटले अमेरिकाबाट आफ्नो गन्तब्य अस्ट्रेलियाको क्विन्सल्याण्डसम्म पुग्दा, तीन सय पैसट्ठी दिनको अवधिमा सार्कको आक्रमणबाट आफूलाई जोगाउने लगायतका थुप्रै समस्याहरुको सफल सामना गरेको बताइएको छ।
तस्विर सौजन्य:बिबिसी
No comments:
Post a Comment