बेल्जियमको उत्तरी समुद्री किनारमा हिजो भएको दुर्घटनामा चारजना तैराक मारिनुका साथै अन्य सातजना हराइरहेका छन्।
जीबुर्गबाट त्यहाँ पुगेको मालबाहक पानीजहाज 'बाल्टिक एस' बेल्जियम र निदरल्यांड्सको समुद्री किनारा नजिकै दुर्घटनाग्रस्त भएको थियो। त्यस पानीजहाजका तेह्रजना सदस्यको उद्धार गरिए पनि सातजना त्यो ठिहीरयाउने पानीमा अझै हराइरहेको बताइएको छ।
जोडको हावा र खुला समुद्रका कारण खोजि कार्यमा कठिनाइ भैरहेका बेला उच्च क्षमतावाला क्यामरासहितका हेलिकप्टर उद्धार तथा खोजि कार्यमा जुटेको बिबिसीले जनाएको छ।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment