Sunday, January 13, 2013

अमेरिकाको न्यु-योर्क राज्यका गभर्नरद्वारा राज्यव्यापी आकस्मिक सार्बजनिक स्वास्थ्य स्थितिको घोषणा

चिकित्सक रुघा-ज्वरोको खोप लगाउँदै

अमेरिकाको न्यु-योर्क राज्य अहिले सन् दुइ हजार नौपछिको सबैभन्दा खतरनाक रुघाको चपेटामा परेको छ। त्यस राज्यका गभर्नर आन्द्रे कोमोले आज विहान राज्यव्यापी आकस्मिक सार्बजनिक स्वास्थ्य स्थितिको घोषणा गर्नुभएको छ। 
यस घोषणाले बढीभन्दा बढी बाल-बालिकालाई रुघा-खोकी विरुद्धको खोप दिन सजिलो हुने विचार उहाँले ब्यक्त गर्नुभएको छ। 
राज्यका गभर्नर कोमोलाई उद्धृत गर्दै लेखेको छ-  'हामीले कम्तिमा सन् दुइ हजार नौदेखिपछि पहिलो पटक सबैभन्दा खतरनाक रुघाको अनुभव गरिरहेका छौं, न्यु-योर्क राज्यमा यसको प्रभाव व्यापक छ। न्यु-योर्क शहरका सबै पाँचैवटा बरो र सन्ताउन्नवटै काउन्टीमा यस्तो रुघाका घटनाहरु देखापरेका छन।'
गत वर्षको शिशिर ऋतुभरिमा जम्मा चालीस हजार घटना मात्र दर्ता भएकोमा  यस वर्ष अहिलेइ रुघा-ज्वरोका उन्नाइस हजार घटना दर्ता भैसकेकोमा गभर्नरले चिन्ता व्यक्त गर्नुभयो। तस्विर सौजन्य: बिबिसी 

No comments:

Post a Comment