नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले वर्तमान गतिरोधको अन्त्यका लागि राष्ट्रपतिले संविधानबाहिर गएर कदम चाल्नुको बिकल्प नरहेको बताउनुभएछ। सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगरमा कांग्रेस कार्यकर्तालाई संबोधन गर्ने क्रममा संविधान सभा भङ्ग भैसकेको अवस्थामा अन्तरिम संविधान निस्कृय भैसकेको विचार व्यक्त गर्ने महतले संविधानभित्रैबाट निकास असम्भव भएका कारण गैह्र-संवैधानिक कदम चाल्न राष्ट्रपतिलाई उक्साउनुभएको छ।
त्यत्रो विद्वान अर्थविद डा महतलाई राजनीतिका बारेमा थाहा नभएको भन्न नमिल्नुपर्ने। तर आफू सम्बद्ध राजनीतिक दलको अन्धभक्त बन्नुपर्ने नेपाली राजनीतिको बाध्यताका कारण शायद उहाँले यस्तो नियतिको पनि सामना गर्नुपर्ने स्थिति आइपरयो। एउटा प्रजातान्त्रिक दलको जिम्मेवार नेताले संवैधानिक दायराभित्र बस्नुपर्ने राष्ट्रपति जस्तो गरिमामय पदमा आशिन व्यक्तिलाई गैह्र-संवैधानिक कदम चाल्न उक्साउनु आफैमा गलत कदम हो। दोश्रो कुरा, मुलुकको सबैभन्दा पूरानो प्रजातान्त्रिक दलको नेताले यस्तो अभिव्यक्ति दिंदा त्यस दलको छविमा कस्तो असर पर्ला भन्ने कुरा पनि शायद सोच्नुपर्छ।
संविधान सभा बिधटन हुँदाका बेला सत्तामा रहेको, राष्ट्रपति महोदयले चिट्ठी लेखेर तिम्रो सरकार कामचलाउ भयो भनिसकेको सरकार जन-निर्वाचित नहुने, उहाँको विचारमा, राष्ट्रपति मात्र जन-निर्बाचित हुने कसरी होला!
अन्तर्राष्ट्रिय मान्यता, अभ्यासअनुसार, संविधान सभाको बिधटनपछि कामचलाउ बनेको सरकारले नै नयाँ निर्वाचन गराएर त्यसपछि बन्ने वैधानिक सरकारलाई सत्ता हस्तान्तरण गर्ने अवस्था सबै दलहरुले मिलाइदिनुपर्नेमा 'तिमी छोड, म सत्तामा जान्छु' भन्नु कहाँको प्रजातन्त्र होला?
No comments:
Post a Comment