Friday, January 25, 2013

चीनको निर्माण गतिबिधि बिगत दुइ वर्षमा सबैभन्दा तिब्र गतिमा


A worker at a factory in China
चीनको निर्माण गतिबिधि यस जनवरी महिनामा  बिगत दुइ वर्षमा सबैभन्दा तिब्र गतिमा भैरहेको देखिएको छ। खरिद व्यवस्थापन सूचकांकको प्रारम्भिक तथ्याङ्क यस महिनामा एकाउन्न दसमलव नौ रहेको छ, जबकि त्यो अङ्क गत डिसेम्बर महिनामा एकाउन्न दसमलव पाँच थियो। 

मूल्यांकन मानअनुसार, पचासभन्दा माथिको अङ्कले विस्तारलाई देखाउँछ। 

यस तथ्याङ्कले विश्वको दोश्रो ठूलो अर्थतन्त्र तिब्र मन्दीको अवस्थाबाट प्रगतिको दिशातिर उन्मुख हुँदैछ भन्ने कुरातिर सङ्केत गर्दछ।
चिनियाँ नेताहरुले मुलुकको आर्थिक बृद्धीलाई सबल पार्नका लागि भौतिक संरचना निर्माण र आर्थिक लगानी दुबैलाई प्राथमिकता दिएको परिणामस्वरुप यो वृद्धी देखिएको आर्थिक विश्लेषकहरुले जनाएका छन।

चीनका प्रतिष्ठित अर्थशास्त्री छ्यु हुङ्गपिनले वाह्य माग कम भए पनि आन्तरिक पुनर्भण्डारण प्रक्रियाले आगामी महिनामा चीनको निरन्तरको प्रगतिलाई बल प्रदान गर्ने आशा व्यक्त गर्नुभएको छ। तस्विर सौजन्य: बिबिसी 

No comments:

Post a Comment