Monday, January 21, 2013

तियाओयु द्वीप समूहका सम्बन्धमा अमेरिकाको पछिल्लो भनाइप्रति चीनको कडा आपत्ति


चीन र जापानले आफ्नो भनी दाबी गर्दैआएको तियाओयु द्वीप समूहका सम्बन्धमा अमेरिकाको पछिल्लो भनाइप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ। 
पछिल्लो समयमा चीन र जापान बीचको तिक्त बन्दैगएको द्विपक्षीय सम्बन्धमा सुधारको उद्देश्यले जापान सरकारको संदेश बुझाउन बेइजिङ्ग जानलागेका जापानी उच्च दूतलाई भेट्ने तयारी भैरहेका बेला अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले दिनुभएको अभिव्यक्तिदेखि आक्रोशित चीनले 'जिम्मेवार बन्न' र 'होसियारीपूर्वक शब्दको चयन गर्न' अमेरिकालाई चेतावनी दिएको छ। 
अमेरिकी विदेशमन्त्री क्लिन्टनले गत शुक्रबार जापानी विदेशमन्त्री फुमिओ किशिदासङ्गको भेटपछि पत्रकारहरु सङ्ग कुरा गर्दै 'ती द्वीपहरु जापानको अधिनमा थिए' भनेर यस सन्दर्भमा अमेरिकाको तटस्थताको अभाव प्रदर्शन गर्नुभएको थियो। 
यसरी,  जापानको अडानप्रति अमेरिकी समर्थनले स्थितिलाई नियन्त्रण बाहिर लैजाने खतरा विद्यमान रहेको अवस्थामा जापानले आफ्नो सन्देशबाहकलाई चीनको राजधानी बेइजिङ्ग पठाउनुको खासै अर्थ नरहने कुरा पर्यवेक्षेकहरुले औंल्याएका छन। 
तियाओयु द्वीपहरु र त्यस वरपरका द्वीपहरु सदियौंदेखि चीनको स्वामित्वमा रहेका, जसलाई सन् 1894-95को चीन-जापान युद्धका बेला जापानले ती द्वीपहरुमाथि बलजफ्ती कब्जा गरेको कुरा चाइना डेलीले जनाएको छ।  तस्विर सौजन्य: बिबिसी 

No comments:

Post a Comment