नेकपा एमाले प्रचार विभाग प्रमखु तथा पोलिटव्यूरो सदस्य प्रदिप ज्ञवालीले आफ्नो पार्टीले शुरु गरेको आन्दोलन सत्ताका लागि नभएर भड्काखालोमा पर्नलागेको देशलाई बचाउनका लागि हो भन्नुभएछ। नेकपा एमाले जिल्ला समिति इलामले माघ चार गते सदरमुकाम इलममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले माओवादीलाई सहमतिको राजनीतिमा फर्काउन र नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउँदै सर्वसाधरणलाई गरिखाने वातावरण सिर्जना गर्नका लागि एक महिने आन्दोलनका कार्यक्रम ल्याइएको बताउनुभयो।
कुरा त उहाँले साच्चिकै मीठा गर्नुभएको हो, किनभने उहाँ अनुभवी राजनीतिज्ञ हुनुहुन्छ। सिधासादा नेपाली नागरिकलाई मीठा सपना बाँड्न जान्ने, अथवा देश र जनताका लागि हितकर काम गर्ने राजनेताले नै त लामो समयसम्म राजनीतिक रंगमंचमा टिकिरहन सक्ने हो।
प्रजातन्त्रको पुनर्बहालीपछि संस्थागत रूप पाएको भ्रष्टाचार र अराजकताका कारण जर्जर अवस्थामा पुगेको नेपालको अर्थव्यवस्थालाई जीवन दान गर्नका लागि त, उहाँले भन्नुभए झैँ मुलुकमा शान्ति सुरक्षाको वातावरण बन्नुपर्छ र सर्वसाधरणका लागि गरिखाने वातावरण सिर्जना हुनुपर्छ। त्यसका लागि के गर्नुपर्छ, यो कुरा सबैलाई राम्रैसङ्ग थाहा छ। कसैलाई थाहा नभए मा यहाँ दुइ शब्द राख्ने धृष्टता गर्न अनुमति चाहन्छु: यसका लागि सर्वप्रथम जन-निर्बाचित संविधान सभाले के गर्नुपर्थ्यो, के गर्न सकेन, वा चाहेन भन्नेबारेमा समीक्षा गर्नुपर्छ (त्यो पनि तत्काल, समीक्षा गर्नका लागि पनि आफूखुशी म्याद थप्दै फेरि अर्को चार वर्ष बिताइदिने होइन), र इमान्दारीका साथ विघठित संविधान सभाले गरेका देश र जनताका लागि हितकर निर्णयहरुको स्वामित्व ग्रहण गर्ने (ताकि संविधान निर्माण कार्यलाई फेरि शून्यबाट शुरु गरेर देशलाई फेरि अर्को चार वर्षसम्म अन्वेलको स्थितिमा राख्ने वातावरण बन्न नपाओस), निर्बाचन गराउने र देशमा वैधानिक सरकारलाई सत्ता हस्तान्तरण गर्ने।
सत्ताका लागि लुछाचुंडी, हडताल, बन्द, अराजकता, यो शायद नेपालीले चाहेको कुरा होइन। जहाँसम्म नेता ज्ञवालीको 'माओवादी ‘ह्रिडन चाही हिंड्छ, तर खोला देखि डराउँछ' भन्ने व्यङ्ग्योक्ति छ, त्यसका बारेमा नेपाली राजनीतिक दलका नेता-कार्यकर्ता बाहेक अरु सबै जानकार छन। समय आएको बेला नेपाली मतदाताले देखाउने छन, र देखाउदैआएका पनि छन।
No comments:
Post a Comment