Tuesday, January 8, 2013

धन्यवाद छ, मिर्मिरे एफएमलाई राष्ट्रिय गीतहरु बजाएकोमा


नेपाली संगीत बजारमा गीत तथा भजनहरुको कमी रहेजस्तो गरी एकाविहानैदेखि हिन्दि भाषाका भजन तथा चलचित्रका गीतहरु बजाउँछन, नेपाली एफएम रेडियोहरु। दुःख लाग्छ, नेपाली एफएम संचालकहरुको मानसिकता देखेर। हुन त नेपालको एकमात्र राष्ट्रिय स्तरको प्रशारण सेवाका रुपमा स्थापित रेडियो नेपालमा समेत प्रजातन्त्रको पुनःस्थापनापछि हिन्दी गीतहरुले अत्यधिक स्थान पाउनेगरेका छन। बिज्ञापन बटुलेर कमाइ खाने निजी क्षेत्रका एफएमहरुले त जताबाट फाइदा हुन्छ, त्यतै लाग्ने हो। 

विहान पाँच बजेदेखि छ बजेको बीचमा विभिन्न रेडियो स्टेसनहरु खोलेरहेर्दा अधिकांशमा हिन्दी भाषाका गीत वा भजन मात्र सुन्नुपर्ने बाध्यता सिर्जना भएका बेला मिर्मिरे एफएमले मेरो मनमा सारै ठूलो आनन्दको अनुभूति गरायो, आज, नेपालका राष्ट्रिय गीतहरु बजाएर। यस एफएमले पनि कमाएर खानु त पर्छ नै। तथापि यसले आफ्नो राष्ट्रियता र स्वाधीनतालाई नबिर्सेको जस्तो लाग्यो। धन्यवाद छ, मिर्मिरे एफएमलाई यसका लागि। कमाएर खानका लागि इमान नै बेच्नुपर्छ भन्ने केही छैन। थोरै खाए पनि बाँच्न सकिँदोरहेछ नै। 

त्यसबाहेक, रेडियो नेपालले हिन्दी चलचित्रका गीतहरुलाई जसरी जति मात्रामा स्थान दिइरहेको छ, त्यसका सन्दर्भमा नेपाल सरकार, संचार मन्त्रालय र रेडियो नेपालले प्रशाशनको इमान्दारीपूर्बक काम गरेको जस्तो लाग्दैन।
सरकारको नेतृत्व गर्ने राज्नितिज्ञहरुको बुद्धी नपुगे पनि पढे-लेखेर, ज्ञान हासिल गरेर, प्रतियोगिता जितेर सचिव स्तरमा समेत पुगेका व्यक्ति, रेडियो नेपालका संचालकहरु पनि अबुझ होलान भन्न मिल्दैन। यिनले यी रेडियोहरुबाट निरन्तर रुपमा बेरोकटोक बजिरहेका हिन्दी र अंग्रेजी गीतहरुले नेपाली संस्कृतिमा कति आघात पुर्याइरहेका छन् भन्ने बारेमा समयमै सोच्नु र आवश्यक कदम चल्नु आबश्यक छ।  


No comments:

Post a Comment