Tuesday, January 8, 2013

सत्य निरुपण तथा मेलमिलाप आयोग छिट्टै गठन गर्नु आवश्यक: प्रधानमन्त्री



प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायतमा गिरफ्तार गरिएकोजस्ता घटना भविष्यमा फेरि दोहरिन नदिनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग छिट्टै गठन गर्नुपर्ने र यसका लागि दलहरुबीच सहमति हुनु आवश्यक रहेको कुरा बताउनुभएको छ। राष्ट्रपतिसङ्ग सोमबार भएको भेटमा प्रधानमन्त्रीले सो आबश्यकता औल्याउनुभएको हो।
सत्य निरुपण तथा मेलमिलाप आयोग छिट्टै गठन हुन नसकेको खण्डमा शान्ति प्रक्रियामा प्रतिकुल असर पर्ने चेतावनी प्रधानमन्त्रीले दिनुभएको छ। 
सरकारले‌ केही महिना अघि स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाएको सत्य निरुपण तथा मेलमिलाप अनि वेपत्ता छानबीन आयोगसम्बन्धी अध्यादेशहरुमा राष्ट्रपति यादवले अझै सही नगरेका कारण ती अध्यादेशहरु हाल राष्ट्रपति कार्यालयमै थन्किएका छन्।

No comments:

Post a Comment