चीनको रक्षा मन्त्रालयले चिनियाँ युद्ध-पोतले गत महिना दुइ पटक आफ्नो युद्ध-पोतको रडार प्रणालीलाई अवरुद्ध गरेको भन्ने जापानको आरोपको खण्डन गरेको छ।
जापानी आरोपका सन्दर्भमा चिनियाँ रक्षा मन्त्रालयको इन्टरनेट पृष्टमा प्रकाशित सामग्रीमा 'जापानले आफ्नो छवि बिगार्ने मनसायले यस्तो आधारहीन हल्ला चलाएको' कुरा उल्लेख गर्दै यस्तो गैह्र-जिम्मेवार टिप्पणी गर्नछाड्न जापानी पक्षलाई आग्रह गरिएको छ। त्यस सामग्रीमा पूर्वी चिनियाँ समुद्रकों त्यसै पनि तनावपूर्ण स्थितिलाई यसरी झन उक्साउने काम नगर्न चीनका तर्फबाट जापानलाई आग्रह पनि गरिएको छ।
मानव बसोबस नभएका तर प्राकृतिक सम्पदाले सम्पन्न भएका भनिएका पूर्वी चिनियाँ समुद्रमा अवस्थित जापानमा सेन्काकु र चीनमा तियाओयु भनिने द्वीपलाई यी दुवै देशले आफ्नो भू-भाग भएको दाबी गर्दैआएका छन।
यस सन्दर्भमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनिङले चीनको छवि बिगार्ने उद्देश्यले जापानले जानीजानी तनाव सिर्जना गर्नखोजेको दाबी गरे।
जापानका रक्षामन्त्री ओनोदेराले यस विषयमा दुइ पक्ष बीच वार्ता शुरु गर्न रक्षा अधिकारीहरूलाई आग्रह गर्नुभएको छ। अमेरिकी रक्षामन्त्री लेओन पेनेटाले पनि क्षेत्रीय दाबीका समयमा कहिलेकाही परिस्थिति नियन्त्रणभन्दा बाहिर जानसक्छ भन्दै शान्तिपूर्ण वार्ताका लागि दुवै पक्षलाई आग्रह गर्नुभएको छ।
त्यस द्वीप समूह अन्तर्गतका केही द्वीप निजी प्रयोगकर्ताबाट सरकारले गत सेप्टेम्बर महिनामा किनेको जानकारी जापानले दिएपछि यस तनाव अरु बढेको हो। तस्विर सौजन्य: बिबिसी