महाधिवेशनले पार्टी-महासचिवको जिम्मेवारी यस अघि सचिवको कार्यभार सम्हाल्दैआउनुभएका पोष्टबहादुर बोगटीलाई सुम्पेको छ। महाधिवेशनको बन्द सत्रमा सहभागी प्रतिनिधिहरुले श्री बोगटीलाई आज सर्वसम्मतिले पार्टी-महासचिवमा चुनेका हुन।

यस अघि पार्टी-महासचिवको जिम्मेवारी सम्हाल्दैआउनुभएका रामबहादुर थापा नेकपा, माओवादीतिर लागेपछि सो पद रिक्त थियो। बोगटी पार्टी-महासचिवमा चुनिएपछि रिक्त रहनगएको सचिवको छनोट केन्द्रीय समितिले गर्ने बताइएको छ।

महाधिवेशलने एक सय एकाउन्न सदसीय केन्द्रीय समितिका लागि अन्ठानब्बेजनाको मनोनय गरेको छ भने बाँकी केन्द्रीय सदस्यको मनोनयन समानुपातिक-आधारमा पछि गरिने जानकारी पार्टीले दिएको छ।
हेटौंडा औद्योगिक क्षेत्रस्थित कपडा उद्योगमा आइतबारदेखि शुरु भएको महाधिवेशनको बन्द सत्रले नेता अमिक शेरचनको संयोजकत्वमा छ-सदसीय अनुशासन समिति गठन गरेको छ।
No comments:
Post a Comment