आजै विराट बहुमुखी प्रतिभाका धनि, साहित्यकार महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११२औं जन्मजयन्ती। महाकवी लक्ष्मीप्रसाद देवकोटा (वि.स. १९६६–२०१६ साल) को जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइन्छ। नेपाली साहित्यका शिखर व्यक्तित्व महाकवि देवकोटाका मुनामदन, शाकुन्तललगायतका कयाैं काव्य-कृति प्रकाशित छन जसले नेपाली जनमानसमा अमिट स्थान बनाएका छन। तस्विर सौजन्य: गुगल
Saturday, November 14, 2020
आज दीपावलीका साथ धनधान्यकी अधिष्ठात्री देवी महालक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरिंदै
आज कार्तिक शुल्क औसी- तिहार
पर्वअन्तर्गत आज गाई तिहार अर्थात लक्ष्मी पूजा। आज फूल-अक्षताले गाईको पूजा गरी
टीका लगाएर मीठा-मीठा खानेकुरा खुवाएपछि दिनभरि व्रत बसी बेलुकि दीपावलीका साथ
धनधान्यकी अधिष्ठात्री देवी महालक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरिन्छ। तिथीकाे घटबढका कारण अाज दिउँसाे १बजेर ४९ मिनेट जाँदासम्म मात्र चतुर्दशी र त्यसपछि अाैंसी शुरु हुने कुरा पंचाङ्ग निर्णायक समितिले जनाएकाे छ।
आज घर घरमा झ्याल–ढोकाका साथै गाग्री
र कलशमा फूलका माला लगाएर आँगन,
पिंढी, कोठा–चोटा र छिंडी गोबरले लिपेर सफा र
चिल्लो पारिन्छ। चामलको पीठोद्वारा लक्ष्मीको पाइलाको प्रतीक चिन्ह बनाएर आँगनदेखि
भण्डार वा ढुकुटीसम्म पुर्याइन्छ, र बेलुकि यिनै पाइलामा टेक्दै लक्ष्मी घरभित्र
प्रवेश गरेर विराजमान हुन्छिन भन्ने धार्मिक विश्वासका साथ देवी महालक्ष्रमीको
मूर्ति वा चित्र स्थापना गरी सुन,
चाँदी, गरगहना, रूपियाँ पैसा आदिकाे पूजा गरिन्छ, उनकै
प्रतीक मानेर।
Labels:
Tihar
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment