आज तिहार पर्वअन्तर्गत यमपञ्चकको दोश्रो दिन, कार्तिक कृष्ण चतुर्दशी, अधिराज्यभरि कुकुरको पूजा गरी कुकुरतिहार मनाइँदै छ। तिथीकाे घटबढका कारण अाज दिउँसाे १बजेर ४९ मिनेट जाँदासम्म मात्र चतुर्दशी र त्यसपछि अाैंसी शुरु हुने कुरा पंचाङ्ग निर्णायक समितिले जनाएकाे छ।
इमान्दार, स्वामीभक्त र
भैरवको बाहनका रूपमा समेत परिचित कुकुरलाई पूजा गरी फूलको माला र टीका लगाइदिनुका साथै मीठा-मीठा खानेकुरा खान दिइन्छ। कार्तिकमासमहात्म्यमा
कालो र रंगीविरंगी दुइथरि कुकुर—
मृत्युदेवका छोरा र यमराजका सेवकलाई
दीपदान गरेमा यमराज खुशी हुने कुरा उल्लेख गरिएको छ।
यमपञ्चकभरि
भगवान विष्णुको वरदान पाएर बलि राजाले तीनै लोकमा शासन गर्ने हुनाले यस अवधिभरि
यमराजका साथै यमदूत तथा यमराजका सहायक अनुचरहरुले
समेत पूजा र सम्मान पाउने धार्मिक एवं पौराणिक मान्यताअनुसार आज यमराजको द्वारपाल
मानिएको कुकुरलाइ पूजा गर्ने र मीठा मीठा खानेकुरा खुवाउने गरिन्छ।
कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ। पौराणिक मान्यताअनुसार, मृत्युको अन्धकारमा जीवात्माले बाटो बिराएर भट्किनु नपरोस भन्ने
हेतुले दिवङ्गत व्यक्तिका नाममा नदी, खोला, धारा वा नजिकको जलाशयमा सालको पातको टपरीमा दीपमालिका सजाएर तेल र
जलले स्नान गरी दीप प्रवाह गर्ने चलनअनुसार आज विहान तारा नअस्ताउँदै जलमा दीप प्रवाह
गर्ने कार्य सम्पन्न गरियो।
यमपञ्चकमा पहिलो दिन काग, दोश्रो दिन कुकुर, तेस्रो दिन
लक्ष्मी, चौथो दिन गोवर्द्धन पूजा गर्ने र पाँचौं दिन भाइटीका लगाउने चलन छ।
No comments:
Post a Comment