ईण्डियनहरुको नागरिकता षडयन्त्रको जग नै मंसीर ७
आज नेपालको इतिहासमा सबैभन्दा कालो दिन। देशलाई आज जुन अवस्थामा पुर्याइएको छ, त्यसको शिलान्यास गरिएको दिन। आजकै दिन २०६२ सालमा प्रायोजित द्वन्दरत पक्षहरुलाई दिल्लीमा जुटाएर नेपाल विरोधी मिशनमा खटाईएको थियो। त्यसै दिन विदेशीहरुले बोकाएका एजेन्डाहरुलाई साझा एजेन्डा बनाएर हिंडेपछि दल नामका गिरोहहरुका बीचको तुलनात्मक अन्तर समाप्त भैसकेको छ।ईण्डियाका दिवंगत राष्ट्रपति प्रणव मुखर्जीले अल जजीरा टेलिभिजनमा १२ बुँदे समझदारी आफूहरुले गराएको दाबी गरेका थिए। संविधान जारी गर्नुभन्दा अगाडि १२ बुँदेका ईन्जिनियर श्यामशरणले आफूहरु १२ बुँदे समझदारी गराएको र नेपालको सत्ता राजनीतिको स्टेक होल्डर भएको हुँदा संविधानमा आफ्ना मागहरु पनि सामेल गर्नुपर्ने भन्दै ईण्डियनहरुले सहज ढंगले नागरिकता पाउन सक्नेगरी ऐन बनाउनुपर्ने कुरा उठाएका थिए। १२ बुँदेमा स्वीकार गरिएको ईण्डियन सर्तअनुसार नै जन्मका आधारको नागरिकता पारित गरेर अन्तरिम संविधानमा हालिएकाे थियो। २०७२ सालको ईण्डियन नाकाबन्दीको मूख्य कारण यही थियो।
२०६३ सालपछि १२ बुँदे समझदारीलाई आधार बनाएर संगठित गरिएको राज्य प्रणालीको अन्त्य वर्तमान संकटको समाधानको दिशामा पहिलो सर्त हो। जसले उक्त षडयन्त्रमूलक कालो घटनालाई अग्रगमन र शान्ति प्रकृयाको थालनीका रुपमा अपव्याख्या गर्दछन्, ती अहिले पनि विदेशी मिशनमा सकृय छन् भन्ने कुरा स्पष्ट हुन्छ।
विदेशीकाे डरलाग्दाे षडयन्त्रका जगमा निर्माण गरिएको अहिलेकाे राज्यप्रणाली, राज्यनीति र राज्यसत्ताकाे जग भत्काउनु नै नेपालकाे स्वाधिनतालार्इ बचाइराख्ने अन्तिम उपाय हाे। विदेशीले जुटाइ दिएर गरिएको राष्ट्रघाती १२ बुंदे सम्झौताले हामीलाई कहाँ पुर्याउँदैछ, हरेक नेपालीजनले गहन समिक्षा गर्ने बेला भैसकेकाे छ। –भरत दाहालकाे फेसबुक वालबाट
No comments:
Post a Comment