Sunday, October 10, 2021

नवरात्रिको चौथो दिन आज कूष्माण्डा देवीको पूजा-आराधना गरिदै

 नवरात्रिको चौथो दिन आज कूष्माण्डा देवीको पूजा-आराधना गरिदै छ। सिद्धिदात्रीको रूप लिइसकेपछि भगवती पार्वतीले सूर्यको केन्द्रमा रहन शुरु गर्नुभयो। यसो गर्नुको उद्देश्य सूर्यले विश्व-ब्रह्माण्डमा आफ्नो शक्ति प्रवाहित गर्नसकुन भन्ने थियो। 

त्यति बेलादेखि ती देवीको नाम कूष्माण्डा रहनगएको हो। कूष्माण्डा यस्ती देवी हुनुहुन्छ, जोसङ्ग सूर्यभित्र रहनसक्ने शक्ति र क्षमता छ। कूष्माण्डा देवीको शरिरको तेज र प्रभा सूर्यको जति नै तेजोमय छ। यसरी कूष्माण्डा देवीले सूर्यलाई शक्ति प्रदान गर्नुहुन्छ र दिशानिर्देश गर्नुहुन्छ भन्ने विश्वास गरिन्छ।

 

कूष्माण्डा  देवीको प्रार्थना यस मन्त्रद्वारा गरिन्छ:  

या देवी सर्वभू‍तेषु माँ कूष्माण्डा रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।। 

 

देवी कूष्माण्डाका आठवटा हात छन, जसका कारण यी देवीलाई अष्टभूजा देवी पनि भनिन्छ।कूष्माण्डा देवीको हातमा रहेको जप-मालामा शिद्धी र निधि प्रदान गर्नसक्ने सम्पूर्ण शक्ति छ भन्ने विश्वास गरिन्छ। तस्विर सौजन्य: गुगल 

 

No comments:

Post a Comment