आज नवरात्रिको पाँचौं दिन— भगवती स्कन्धमताको पूजा-आराधना गरी मनाइंदै छ। भगवती स्कन्धमाता अरु कोही नभैकन देवी पार्वती नै हुनुहुन्छ। देवादिदेव महादेवकी पत्नी भएका कारण उहाँलाई महेश्वरी र गोरो वर्णकि भएकाले गौरी पनि भनिन्छ। उहाँ भगवान स्कन्ध अर्थात कार्तिकेयकी माता भएकाले उहाँलाई स्कन्धमाता भनिएको हो। भगवती पार्वती आफ्ना पुत्रलाई निकै मायाँ गर्नुहुन्छ र आफ्ना पुत्रका नामबाट चिनिदा आफूलाई आनन्दित भएको अनुभव गर्नुहुन्छ।
१ स्कन्दमाताको पूजा नवरात्रिको पाँचौ
दिन गरिन्छ।
२ उहाँले आफ्ना पुत्र स्कन्द
अर्थात् कार्तिकेयलाई आफ्नो काखमा राख्नुभएको छ।
३ उहाँका तीनवटा आँखा र चारवटा हात
छन।
४ उहाँका दुइवटा हातमा कमलका फूल छन
भने अरु दुइवटा हातले प्रतिरक्षा गर्ने र दिने भन्ने अर्थ जनाउने संकेत गरेका छन।
५ सिंहमाथि विराजमान हुने स्कंदमता ज्ञानका भण्डार हुनुहुन्छ।
६ योग-शास्त्रमा उहाँ विशुद्ध चक्र
र हामबीजा मन्त्रको प्रतिनिधित्व गर्नुहुन्छ।
७ स्कन्दमाताले मातृत्व, उर्बरशिलता र मात्री-पुत्र
सम्बन्धलाईसर्वोच्चता पनि प्रदान पनि गर्नुहुन्छ।
No comments:
Post a Comment