Thursday, October 14, 2021

माता सिद्धिदात्रिको पूजा–आराधना गरी महानवमी पर्व आज अधिराज्यभरि हर्षोल्लासपूर्वक मनाइदै

 सिद्ध गन्धर्व यज्ञद्यैर सुरैर मरैरपि |

सेव्यमाना सदा भूयात्‌ सिद्धिदा सिद्धि दायिनी || 

 आज नवरात्रिको नवौं दिनअर्थात  महानवमी। वडा दशैंको नवौं दिने पर्व आज देवी सिद्धिदात्रिको पूजा–आराधना गरी अधिराज्यभरि हर्षोल्लासपूर्वक मनाइदैछ।  

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाआज गरिन्छ।   

प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महालक्ष्मी, महाकाली र महासरस्वतीको पूजा तथा सप्तासती पाठ गरी विजया दशमीका दिन विसर्जन गर्ने चलन छर सो कलशको जलले अभिषेक गरी टीका-प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्दछ भन्ने विश्वास रहिआएको छ।

आज विहान सबेरैदेखि अधिराज्यभरिका देवी भगवतीका मन्दिर एवम् शक्ति पीठहरुमा असंख्य श्रद्धालु भक्तजनहरुको भीड लागेको छ। अहिले काठमाडौँको हनुमानढोकास्थित ऐतिहासिक तलेजु मन्दिरमा हजारौं श्रद्धालु भक्तजनहरु पूजा–आराधना गरिरहेका छन। तलेजु मन्दिर वर्षमा एक पटक आजकै दिन मात्र सर्वसाधारणका लागि खुला रहन्छ। 

आज विहानदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि चढाउनुका साथै जंगी निसानको पूजा तथा कोत–पूजा गर्ने काम भैरहेको छ। अजै सवारी साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ।     

 


 

No comments:

Post a Comment