दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।
(हे देवी! तपाई जो
मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधाका नामबाट परिचित हुनुहुन्छ, म तपाईहरुको प्रार्थना गर्दछु।)
नेपाली र विश्वभरि छरिएर रहेका सबै हिन्दुहरूको महान चाड विजया दशमी आज अधिराज्यभरि हर्षोल्लासपूर्वक मनाइंदै छ।
मीठो खाने, राम्रो लाउने तथा पारीवारिक भेटघाट गरिने र स्नेह एवम सद्भाव अभिवृद्धि गर्ने पर्वका रूपमा दस दिनसम्म मनाइने यो बडा दशैं पर्वलाई धार्मिक मात्र नभएर सामाजिक-साँस्कृतिक पर्वका रूपमा समेत महत्वपूर्ण मानिन्छ।
असत्यमाथि सत्यको विजयका रूपमा मनाइने यो पर्व मर्यादा पुरुषोत्तम श्री रामले आसुरी शक्तिको प्रतीक मानिएको रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरूपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको मिठो स्मरणमा मनाउने गरिन्छ।
राम्रा-राम्रा पोशाकमा सजिएका, दही र रातो रंगमा मुछिएका अक्षताका राता टीका निधारभरि लगाएर शिरमा जमरा सिउरेका, मान्यजनहरुबाट टीका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिन्छ। स्वदेश वा विदेशमा रहेका नेपालीहरु आजका दिन एकत्रित भै सपरिवार विजया दशमीको टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्ने चलन छ। हार्दिक शुभकामना सबैसबैमा !

No comments:
Post a Comment