नेपालका कतिपय स्थानमा
दशैंकाे टीका मूल दिन, अर्थात विजया दशमीकाे दिन
मात्र लगाउने चलन छ तापनि नेपालकै अधिकांश स्थानहरूमा कोजाग्रत पूर्णिमासम्म नै
दशैंकाे टीका लगाउने चलन छ। त्यसैले भनिएकाे हाे, दशैंकाे टीका दश दिन, तिहारकाे एक दिन भनेर।
आजका दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको
हातबाट टीका, जमरा तथा आशीर्वाद लिने
चलन पुरानै हाे।
असत्यमाथि सत्य र आसुरी
शक्तिमाथि दैवी शक्तिको विजय भएको खुसियालीमा मनाइने विजया दशमी विश्वभरिका हिन्दु
धर्मावलम्वीहरुको मुख्य पर्व हो। तस्विर साैजन्यः गुगल
No comments:
Post a Comment