विजया दशमीकाे शुभसाइतमा विजयाेत्सवसहितकाे टीका लगाउने कार्य दशमीका दिन घरघरमा सम्पन्न भइसके तापनि मूल घरदेखि टाढा टाढा रहेका सबै आफन्तहरूबाट टिका र आशिर्वाद ग्रहण गर्न भ्याइनसकेका मानिसहरूकाे दशैंको टीकाको पाचाै दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ।
नेपालका कतिपय स्थानमा दशैंकाे टीका मूल दिन, अर्थात विजया दशमीकाे दिन मात्र लगाउने चलन छ तापनि नेपालकै अधिकांश स्थानहरूमा कोजाग्रत पूर्णिमासम्म नै दशैंकाे टीका लगाउने चलन छ। त्यसैले भनिएकाे हाे, दशैंकाे टीका दश दिन, तिहारकाे एक दिन भनेर। आजका दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हाे।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको खुसियालीमा मनाइने विजया दशमी विश्वभरिका हिन्दु धर्मावलम्वीहरुको मुख्य पर्व हो। तस्विर साैजन्यः गुगल
No comments:
Post a Comment