Friday, August 31, 2012

सुदुर पश्चिमबासीमा खुसियाली



सुदूर पश्चिममा बहुचर्चित पश्चिम सेति निर्माण हुने भएपछि सुदुर पश्चिमबासीमा खुसियाली छाएको छ । गत भदौ ११ गते  नेपाल सरकार र चिनियाँ कम्पनि थ्री गर्जेजबीच सम्झौता भएपछि सुदुरपश्चिमबासीमा खुसियाली छाएको हो ।


सरकारसित भएको सम्झौता अनुसार अब पश्चिम सेतिमा सुदुरपश्चिमबासीको ३ अर्वको सेयर हुने भएको छ भने २० प्रतिशत बिजुली उपभोग गर्न पाउने भएका छन । 

यसअघि अष्ट्रेलियाको स्मेक कम्पनीले करिब दुई दशक सम्म अध्ययन गरी निर्माणको केहि प्रक्रिया अगाडी बढाएपनि विभिन्न अवरोधका कारण उसले निर्माण प्रक्रियाबाट हात झिकेको थियो । 

एसियाली विकास बैङ्क (एडिबी) को भर परेर लम्बिएको पश्चिम सेति आयोजनामा चिनको थ्री गर्जेज कम्पनिले बनाउने पक्का भएपछि सुदुरपश्चिमबासीमा परियोजना निर्माणको आशा पलाएको छ । 

पश्चिमसेति प्रभाबित क्षेत्रमा यसअघि परियोजना निर्माण हुने भनेर स्थानिय निकायले विकासका कार्यहरु अगाडी नबढाई दिँदा सो क्षेत्रको विकास २० वर्ष पछाडि धकेलिएको तितो सत्य पनि यर्थात  बनेको छ । फेरि पनी त्यस्तै त हुने हैन भन्नेमा अझै प्रभावित क्षेत्रका बासिन्दामा एक किसमको अन्यौलता छाएको देखिएन्छ ।

विकासबाट अझै पछाडी धक प्रभाबित क्षेत्रका स्थानियबासीका माझ परियोजना बन्नेमा खुसि छाएपनि सम्मानजनक पुनरस्थपना नहुने होकि भन्नेमा भने अझै चिन्ता नै रहेको परियोजना प्रभाबित डडेल्धुरा वेलापुर गाबिसका स्थानियबासीन्दा तथा एमाले बेलापुर गाउ इकाई कमिटीका अध्यक्ष पदम बिष्टले बताए ।
 
परियोजनाबाट डडेल्धुराको बेलापुर गाबिसका केहि वडा, डोटिका तलारा, लामिखाल क्षेत्र, बैतडीका ढुङ्गाण लगायतका क्षेत्र र बझाङका देउरा लगायतका आसपासका २० हजार भन्दा बढि बासन्दिाले बिस्थापित बन्नुपर्ने अवस्था रहेको छ ।

यसअघि पनि बिस्थापीत क्षेत्रका बासीन्दासंग राज्यको पुनरस्थापनको प्याकेजका बिषयमा कुरा नमिल्दा प्रभाबित क्षेत्रका बासीन्दाले सरकारको पुनरस्थापनकाको प्याकेजको बिरोध गरेका थिए । परियोजना निर्माणका लागी स्थानिय स्तरमा मुख्य बिषय रहेको प्रभाबित क्षेत्रका बासिन्दाको पुनरस्थापना सम्माजनक हुनुपर्ने सो क्षेत्रका स्थानियबासीको माग रहेको छ । 

केहि ठुला भनाउदासंग मात्रै कुरा गरि परियोजना निर्माण कार्य अगाडी नवढाई राज्य र परियोजना निर्माण कम्पिनीले प्रभाबित क्षेत्रका स्थानियबासी संग छलफल गरी निर्माण कार्य गरे  यसपटक जसरी पनि परियोजना निर्माणको कार्य टुङग्याउनुपर्नेमा भने स्थानियबासीहरुको जोड रहेको छ ।

पश्चिम सेति जलाशययुक्त परियोजना भएकाले यो बढि उपयोगी समेत भएको जानकारहरु बताउदछन । पश्चिम सेति निर्माण परियोजना शुरु भएपछि बिकासका दृष्टिकोणले राज्यबाट निकै पछाडी परेको सुदुरपश्चिमको आर्थिक बिकासमा कायापलट हुने अर्थबिदहरु बताउदछन । परियोजना निर्माण हुने भएपछि आफुहरुमा पनि नयाँ जोश र उत्साह थपिएको अनुभव यस क्षेत्रका ब्यबशायीहरुको रहेको छ । परियोजनामा निर्माणले सुदुरपश्चिमको उद्योग, व्यापार, पर्यटन, लगायतका आर्थिक , समाजीक र सांस्किृत बिकासमा टेवा पुग्ने सरोकारवालाहरुको भनाई रहेको छ । 

यस्तै बहुउपयोगी परियोजना पश्चिम सेति निर्माण हुने भएपछि लोडसेटिङ, बेरोजगारीको समस्या हट्ने र उद्योगको बिकास हुने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण कुँवरले बताए । यो एउटा बहुउपयोगी परियोजना भएकाले बिद्युत उत्पादनका सँगै सिचाईको सुविधा समेत उपलब्ध हुने उनको भनाई रहेको छ । पश्चिम सेति परियोजना निर्माणबाट सुदुरपश्चिम सङगै देशकै आर्थिक बिकासमा कायापलट भने अध्यक्ष कुवरको भनाई रहेको छ । 

नेपाल सरकार संगको सम्झौता अनुसार थ्रि गर्जेजले परियोजनाको निर्माण कार्य सन २०१४ मा शुरु गरी सन २०१९ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । 

यसअघि थ्रि गर्जेजले निर्माण गरेका हाइड्रो पावरका योजना समयमै सम्पन्न गरेकाले पश्चिमसेती समयमै निर्माण हुने कुरामा दुबिधा नरहे पनि नेपालमा हुने बन्द हड्ताल लगायत सुरक्षाका  दृष्टिकोणले निर्माणमा असर पुर्याउने अनुमान लगाउन सकिने छ । 

परियोजना निर्माणका लागि कानुनि प्रक्रिया नेपाल सरकारका तर्फबाट प्रक्रिया पुरा भएपछि एक हप्ता भित्रै थ्रि गर्जेजले परियोजना निर्माणका लागी सुदुरपश्चिममा आई स्थलगत अध्ययन गर्ने भएको छ ।

Thursday, August 30, 2012

खड्कालाई जोगाउन कांग्रेसको समिति


काठमाडौं , भाद्र १४ - सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेका नेता खुम- बहादुर खड्काको मुद्दा पुनरावलोकनका लागि खर्च जुटाउन कांग्रेस ले केन्द्रीय सदस्य पुष्पा भुसालको संयोजकत्वमा सहयोग समिति गठन गरेको छ ।

समितिका सदस्य सचिवमा महासमिति सदस्य रमेशजंग रायमाझी छन् । सदस्यहरूमा केन्द्रीय सदस्य शंकर भण्डारी, जिल्ला सभापतिहरूमा नवलपरासीका देवेन्द्रराज कँडेल, काठमाडौंका भीमसेनदास प्रधान, गुल्मीका चन्द्र केसी, रौतहटका श्रीकृष्ण यादव, ललितपुरका मदन अमात्य, डोटीका वीरबहादुर बलायर, मनाङका टेक बहादुर गुरुङ, डडेलधुराका कर्ण बहादुर मल्ल, पूर्वसांसद रवीन्द्रलाल श्रेष्ठ, महासमिति सदस्य मानबहादुर रावल, तरुण दलका सदस्य पूर्ण गुरुङ, व्यवसायी खुम भण्डारी, कार्यकर्ता राजु थापा, ईश्वर भट्टराई, अमृत भट्टचनलगायत छन् ।
सदस्य सचिव रायमाझीले समिति गठनलगत्तै करिब पाँच लाख रुपैयाँ संकलन भइसकेको र यसै साता पुनरावलोकनमा तयारी भएको जानकारी दिए ।

Tuesday, August 28, 2012

प्रधानमन्त्रीले आज देशका नाममा सम्बोधन गर्ने

काठमाडौ, भाद्र १२ - प्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

 भट्टराईले सम्बोधनमा आफ्नो एक वर्षे प्रधानमन्त्रित्वकालमा सरकारले हासिल गरेका उपलब्धि र सुरु गरेका सुधारका कार्यक्रम तथा राजनीतिक असमझदारीका कारण संविधानसभाको चुनाव घोषित मितिमा हुन नसक्ने परिस्थिति सिर्जना भएको लगायतका कमीकमजोरीका बारेमा फेहरिस्त सार्वजनिक गर्ने जानकारी उनी निकट स्रोतले दिएका छन् । 

आप्रवासी नेपालीहरुको सातौं क्षेत्रीय सम्मेलन अष्ट्रेलियाको सिड्नीमा


अष्ट्रेलिया, भाद्र १२ - आप्रवासी नेपालीहरुको सातौं क्षेत्रीय सम्मेलन अष्ट्रेलियाको सिड्नीमा पर्सि बिहीबारदेखि सुरु हुदैछ । तीन दिनसम्म चल्ने सम्मेलनको सबै तयारी पुरा भएको आयोजकले बताएको छ ।

प्रत्येक दुईबर्षमा भिन्न भिन्न देशहरुमा हुने क्षेत्रीय सम्मेलनबाट एनआरएनले बिभिन्न नयाँ योजनाहरुको बारेमा छलफल, सञ्चालनमा रहेका योजनाहरुको पुर्नमुल्यांकन गर्नुका साथै एनआरएनको बिभिन्न गतिविधीहरुको समिक्षा गर्ने गर्दछ । यसबर्ष सिड्नीमा हुने क्षेत्रीय सम्मेलनमा एनआरएनले अघि ल्याएको सामुहिक लगानीको बिषयले प्रमुखता पाउने भएको छ । त्यसबाहेक खुल्ला बिश्वबिद्यालय, दोहोरो नागरिकता र बिज्ञान तथा प्रविधि क्षेत्रमा एनआरएनले गर्न सक्ने कार्यहरुका बारेमा बिस्तृत छलफल गरिने भएको छ ।
बिभिन्न ६२ देशका एनआरएन प्रतिनिधीहरुले भाग लिने यो सम्मेलनमा नेपाल तथा अष्ट्रेलियाका उच्च तहका सरकारी अधिकारीहरुको समेत सहभागिता हुने भएको छ । अष्ट्रेलियाबाट अध्यागमन तथा नागरिकता मन्त्री क्रिश बाउन, सासद प्रतिनिधी डा. जेफ ली लगायतका उच्च अधिकारीहरुले सम्मेलनमा सहभागिता जनाउादैछन । नेपालबाट शिक्षा मन्त्री दीनानाथ शर्मा, गभर्नर युवराज खतिवडा, उद्योगी अनिल झा, उद्योग बाणिज्य महासाघबाट कुशकुमार जोशी लगायतको टोलीले पनि सम्मेलनमा भाग लिदैछ ।
कार्यक्रममा एनआरएनका पुर्व अध्यक्षहरु, वर्तमान अध्यक्षका साथै सबै तहका प्रतिनिधीहरुले समेत भाग लिदैछन् । 'हाम्रो सम्मेलनको सबै तयारी पुरा भइसकेको छ । एनआरएनका मिडिया सायोजक महेन्द्र लम्सालले इकान्तिपुरसाग भने- यस सम्मेलनबाट एनआरएनले बिभिन्न गहन बिषयमा छलफल गर्नुका साथै सम्भावनाहरुको पनि खोजी गर्नेछ ।'
एनआरएन ओसियाना संयोजक तथा सम्मेलन आयोजक समितिका संयोजक मन केसीका अनुसार सम्मेलनमा नेपालमा सामुहिक लगानी गर्दा हुने अवसर र चुनौतीका बारेमा सम्मेलनका क्रममा बिस्तृत छलफल गर्नुका साथै नेपाल सरकारले लगानीको चरणमा गर्न सक्ने सहयोग र सहकार्यका बारेमा समेत छलफल गरिनेछ । यसबाहेक सामुहिक लगानी अन्तरगत बिशेष गरेर कुन कुन क्षेत्रमा लगानीको वातावरण सहज हुनसक्छ भन्ने बारेमा समेत छलफल हुनेछ । यसबर्षको सम्मेलनबाट एनआरएनले लगानीको अन्य थप सम्भावना भएका क्षेत्रहरुको समेत खोजी गर्ने भएको छ भने प्रस्ताव गरिएका क्षेत्रहरुमा तत्काल गर्न सकिने कार्यहरुको बारेमा समेत कार्यपत्रहरु प्रस्तुत गरिने भएको छ ।
एनआरएन अष्ट्रेलियाका अध्यक्ष गणेश केसीका अनुसार सम्मेलनबाट नेपालमा अष्ट्रेलियाबाट हुनसक्ने सहयोगका बारेमा समेत छलफल हुनेछ । सम्मेलनले नेपालको लगानी र बिकासको क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्ने उनको भनाई छ ।
एनआरएनको बिभिन्न ६२ देशमा रहेका सदस्य सास्थाहरु सम्मिलित ६ वटा क्षेत्रिय समितिहरु रहेका छन् । 

Friday, August 24, 2012

संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको प्रथम बैठक


आज मिति २०६९ भदौ ८ गतेका दिन संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको प्रथम बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सम्पन्न भयो । 

सो बैठकले निम्न निर्णहरू गरेको बेहोरा सार्वजनिक गरिन्छ ।

१. बैठकले कमरेड अध्यक्षको अध्यक्षतामा एउटा नौ सदस्यीय सचिवालयको गठन गरेको छ । सो निम्न बमोजिम छ ।
क) क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ – अध्यक्ष
ख) श्री प्रेमबहादुर सिंह – प्रवक्ता
ग) श्री जितेन्द्र देव – सदस्य
घ) श्री लक्ष्मणलाल कर्ण – सदस्य
ङ) श्रीमती रुक्मिणी चौधरी – सदस्य
च) श्री विश्वेन्द्र पासवान – सदस्य
छ) श्री डा. केशवमान शाक्य – सदस्य
ज) सद्रुल मियाँ हक – सदस्य
झ) श्री मालवरसिंह थापा – सदस्य
२. तत्काल राजनीतिक सहमतिको पहल गर्न गठबन्धनका अध्यक्षलाई जिम्मेवारी दिने निर्णय भयो ।
३. बैठकले भाद्र १९ गते दिनको १ः०० बजे ‘सर्वपक्षीय राजनीतिक अन्र्तक्रिया’ को आयोजना गर्ने निर्णय गरेको छ ।
४. बैठकले गठबन्धनको कार्यालय स्थापनाको जिम्मेवारी सचिवालयलाई दिने निर्णय ग¥यो

०८ भदौ, २०६९

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन





संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको प्रथम बैठकको प्रेस वक्तव्य (पूर्ण पाठ वर्डमा डाउनलोड गर्नुहोस्): (http://krishnasenonline.org/main/news.php?pname=krishnasen&id=6509&cata_name=economics)

कांग्रेस र एमालेका झन्डै आधा दर्जन नेता छिमेकी भारतma


प्रमुख विपक्षी दल कांग्रेस र एमालेका झन्डै आधा दर्जन नेता छिमेकी भारत आइपुगेका छन् । उनीहरूमध्ये अधिकांशले नियमित स्वास्थ्योपचार वा आफ्नो व्यक्तिगत कामका क्रममा भारतीय राजधानी नयाँ दिल्ली आएको दाबी गरेका छन् । केहीले भने भारतीय अनुसन्धान संस्थाहरूले आयोजना गरेको कार्यक्रममा वक्ताका रुपमा भाग लिन नयाँ दिल्ली आएको उल्लेख गरे । यस्ता कारण बताए पनि उनीहरूले भारतीय राजनीतिक वृत्तमा आफूले चिनेका प्रभावशाली व्यक्तिहरूलाई भेटेर राजनीतिक अवस्थाबारे कुराकानी गर्न समेत भ्याएका छन् ।

एमालेका वरिष्ठ नेता केपी ओली एक महिना नकट्दै दोस्रो पटक नयाँ दिल्ली आएका हुन् । गत आइतबार यहाँ आएका ओलीले स्वास्थ्य समस्याका कारण दिल्ली र्फकनुपरेको कान्तिपुरलाई बताएका थिए । यसअघि उनी साउनको दोस्रो साता १० दिनभन्दा बढी भारतमा बसेर स्वदेश फर्किएका थिए ।
बिहीबार फर्किन लागेका ओलीले भारतीय नेताहरूसँग भेटे । सत्तारूढ कंग्रेस आईका महामन्त्रीहरू दिग्विजय सिंह र जनार्दन द्विवेदी तथा विदेश विभाग प्रमुख करण सिंहसँग उनले भेटवार्ता गरे । उनले ती भेटमा 'नेपालको पछिल्लो अवस्थाबारे राम्रो छलफल भएको' प्रतिक्रियाबाहेक अरू भन्न चाहेनन् । बुधबारै उनले भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी र भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका पोलिटब्युरो सदस्य सीताराम येचुरीसँग पनि भेटे ।
कंग्रेसका नेता प्रदीप गिरी पनि सातायता भारतमै छन् । प्रायः धेरै आउजाउ गर्ने गिरीका यहाँ धेरै भारतीय साथी छन् । कंग्रेसका अर्का नेता विमलेन्द्र निधि पनि सातादेखि यतै छन् । कंग्रेसनिकट प्रवासी संगठनको कार्यक्रममा मुम्बई र पुणेमा भाग लिई उनी दिल्ली आएका हुन् । दिल्लीमा पढिरहेको छोरा भेट्न निधि दिल्ली छिरेका हुन् । यो अवसरलाई उनले भारतीय नेताहरूसँग भलाकुसारी गर्ने मौकाका रूपमा पनि उपयोग गरे ।
कंग्रेस नेता रामशरण महत पनि मंगलबार नयाँ दिल्ली आएका छन् । उनले भारतीय थिंक ट्यांकहरूले गर्ने कार्यक्रममा सहभागी हुन यहाँ आएको बताए । विवेकानन्द फाउन्डेसनले  बुधबार गरेको नेपालसम्बन्धी 'क्लोज्ड डोर' छलफलमा उनी वक्ता थिए । नेपालसम्बन्धमा केही दिनयता उसले चलाएका शृंखलाबद्ध छलफलमा आन्तरिक भएको भन्दै सञ्चार माध्यमलाई रोक लगाइएको छ । मंगलवार संविधानविद् भीमार्जुन आचार्यलाई बोलाएको थियो । एमाले नेता प्रदीप ज्ञवाली पनि फाउन्डेसनको कार्यक्रममा सहभागी हुन बिहीबार दिल्ली आउँदै छन् । अलग-अलग डाकिएका यी नेपाली विज्ञ तथा नेताहरूलाई काठमाडौंबाट को-को दिल्ली आउँदै छन् भन्ने जानकारी समेत दिइएको थिएन । कंग्रेस नेतृ सुजाता कोइराला पनि मंगलबारै यहाँ आएकी छन् । कान्तिपुरसँग टेलिफोनमा उनले व्यक्तिगत कामका लागि आएको बताइन् । 'धेरै समय भएको थियो यता नआएको, त्यसैले आएकी हुँ । यो मौकामा आफ्नो स्वास्थ्यजाँच पनि गराइहाल्छु,' उनले भनिन् ।

Saturday, August 18, 2012

नयाँ राजनीतिक समझदारीको विकल्प छैन: नेपाल

ललितपुर, जेठ २० गते। नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीको गैर जिम्मेवारीकै कारण संविधानसभा विघटन भएको आरोपलगाउनुभएको छ। राजनीतिशास्त्र सङ्घद्वारा शनिबार यहाँ आयोजित 'नेपालको वर्तमान राजनीतिक सङ्कट र समाधान' विषयक अन्तरक्रिया कार्यक्रममा नेपालले त्यस्तो आरोप लगाउनुभएको हो। संविधानसभा विघटनसँगै मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट सुरु भएको पनि उहाँले उल्लेख गर्नुभयो। 'संविधान बनाउने विषय एमाओवादी र उसको नेतृत्वको सरकारको मात्र नभई सबै राजनीतिक दल र सबै जनताको विषय भएको बताउँदै नेपालले साझा सहमति गरेर वैधानिक तबरले समस्या समाधान गर्न छाडी माओवादी एकलौटी हिसाबले अगाडि बढेकाले संविधानसभा विघटनको प्रमुख दोषी पनि माओवादी नै भएको प्रस्ट्याउनुभयो। अहिलेको अवस्थामा नयाँ राजनीतिक समझदारी गरेर अघि बढ्नुको विकल्प नरहेको पनि नेपालले बताउनुभयो। एमालेलाई सङ्घीयता विरोधी पार्टीको आरोप लगाएर माओवादीले बदनाम गर्न खोजेको पनि नेपालले आरोप लगाउनुभयो। नेता नेपालले माओवादीको बहकाउमा नलाग्न आफ्ना पार्टीका कार्यकर्ता तथा नेताहरूलाई आग्रह गर्नुभयो। पार्टीमा जनजाति नेता कार्यकर्तामा विचलन आएको स्वीकार्दै नेता नेपालले पार्टीभित्रका विचार र मतान्तरलाई बहस र छलफलबाटै निकासमा पुर्‍याइने बताउनुभयो। कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले संविधानसभा विघटनपछि मुलुक अन्धकारमा प्रवेश गरेको भन्दै कानुनी जटिलतालाई राजनीतिक सहमतिबाटै निकास खोजिनुपर्ने बताउनुभयो। प्राध्यापक कृष्ण पोखरेलले संविधानसभा विघटनपछि सबै राजनीतिक दल ध्रुवीकरणमा जानुभन्दा एक ठाउँमा बसेर समस्या समाधानको उपाय खोज्नुपर्ने बताउनुभयो। अहिलेसम्मको उपलब्धीलाई संस्थागत गर्न दलहरूको सहमति अपरिहार्य रहेको भन्दै उहाँले नेताहरूलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो। कार्यक्रममा सङ्घका महासचिव इन्दु आचार्यले दलहरूलाई सहमतिमा आउन आग्रह गर्नुभएको थियो।

Saturday, August 4, 2012

दोस्रो विवाहको संस्कृति

दोस्रो विवाहको संस्कृति यशोदा अधिकारी हास्यकलाकार हरिवंश आकचार्यले दोस्रो विवाह गरेको एक हप्तापछि साहित्यकार कृष्ण धरावासीले पनि दोस्रो विवाह गरेको खबर आयो। आफ्ना श्रीमती गुमाएको एक वर्षपछि उनीहरूले दोस्रो विवाह गरेका यी दुई उस्तै खाले घटनाले सांस्कृतिक क्षेत्रमा केही बहस सिर्जना भएको छ। यी घटनाबारे लेखिरहँदा तीन वर्षअघि दशैंको बेला जन्मस्थल काभ्रेको मेच्छे पुगेको क्षण सम्भिmएँ। प्राथमिक तहमा गणित पढाउने शिक्षक केशव मैनाली भेटिनुभयो। उहाँले मेरो वर्तमानलाई लक्षित गर्दै भन्नुभएको थियो "राँडी आमाले दुःख गरेर पढाएकी थिइन्, आकाशको तारा भएर चम्कियौं।" सरले भन्नुभएको यो वाक्य मेरो दिमागभरि आज पनि छचल्किरहेको छ। हो मैले सम्भिmने गरी बुबाको अनुहारसमेत हेर्न पाइन। ३४ वर्षकी मेरी आमासँग सन्तानको मुख हेरेर बस्नुको विकल्प थिएन। किनकि कथित समाजको अगाडि उहाँ "राँडी" हुनुभयो। लोग्नेलाई अघि लागाइस् ठीक्क पर्‍यो भन्नेहरू पनि थुप्र्रै थिए। २१ औँ शताब्दीको यो समाज, जहाँ श्रीमान्को मृत्युपछि महिलाहरू "राँडी" हुनुपर्छ। बोक्सीको आरोप सहनुपर्छ। तर श्रीमतीको मृत्यु भएमा श्रीमान्लाई "राँडो" पनि भनिँदैन र बोक्सोको आरोप पनि लगाइँदैन। विधवा श्रीमतीले भने वर्ष दिनसम्म पनि सेतो लुगा लगाएर बस्नुपर्छ। त्यति मात्र कहाँ हो र वर्षेनी श्रीमान्को मृत्युको तिथिमा श्राद्ध गर्नुपर्छ। तर हाम्रो समाजमा श्रीमती गुमाएका श्रीमानहरू भने नयाँ श्रीमतीका साथ रमझमपूर्ण जीवनको शुरुवात गर्न थाल्छन्। यो कस्तो परम्परा ? यो कस्तो संस्कार अनि संस्कृति ? यसरी हाम्रो पुरातनवादी समाज, त्यो समाजको सामन्ती सोच र संस्कृतिले यतिसम्म जरो गाडेको छ कि, बालबालिकालाई शिक्षा दिने गुरुमा समेत यसको जड छ। त्यसो भन्नुमा मैनाली सरको कुनै दोष छैन, सायद उहाँले नकारात्मक रूपमा त्यसो भन्नुभएको होइन। दोष त केवल कथित परम्परावादी सोच, पुरुषवादी मानसिकताबाट ग्रसित संस्कारलाई दिनुपर्छ। मैनाली सरको प्रस्तुति समाजको एक द्योतक हो। विधवाहरू कतिपयका आँखामा त "लोग्ने टोकाइ", "बोक्सी" या यस्तै अनेक आरोपका पात्र हुन्। हामीकहाँ श्रीमानको मृत्युपछि महिला निकै कमजोर हुन्छन्। शोकाकूल हुन्छन् र समाजका अगाडि निकै दयनीय भावमा प्रस्तुत हुन्छन्। त्यसबेला उनीहरूलाई समाजका उपल्ल्ाा मानिसहरूले बोक्सीको आरोेप लगाउने, सासूससुरा र छिमेकीहरूले लोग्ने टोकेको भन्दै यातना दिने गरेका उदाहरण प्रशस्तै छन्। त्यसो त लोग्ने मरेपछि परपुरुषसँग आँखा जुधाएर सिधा हेर्न नहुने, बोल्न नहुने, वर्ष दिनसम्म सेतो पहिरनमा बस्नुपर्ने, हरेक तिथिमा श्राद्ध गर्नुपर्ने, रातो पहिरन जीवनभरि नै लगाउन नहुने, सिन्दुर पोते, चुरा लगाउन नहुने सामन्ती संस्कृतिका कारण धेरै महिला कर्मलाई दोष दिन्छन् र भाग्यलाई सरापेर कष्टकर जीवन काट्न बाध्य हुन्छन् भने श्रीमतीको मृत्यु भएपछि श्रीमानले केही पनि गर्न नपर्ने ? यो कस्तो परम्परा ? यस्तो परम्परामा रहेका दुई पुरुष धरावासी र आचार्यले आ-आफ्ना श्रीमतीसँग बिछोड हुँदा अविरल आँसु बगाएका र शोक स्मरण लेखेको पनि देखिएको हो। धरावासीले शोकका नाममा कृति नै प्रकाशन गरे। हरिवंश पनि झण्डै एकवर्षसम्म शोकमा छु भनेर धेरै निस्किएनन्। एक वर्षपछि दोस्रो श्रीमतीका साथ देख्दा दर्शकहरूले के सोचे होलान् ? साधारण नागरिकको जीवनमा यस्ता घटना भएका भए शायद यति धेरै चासो पनि हुन्नथ्यो। कलाकारितामा त्यति धेरै राष्ट्रि्रय तथा अन्तर्राष्ट्रि्रय ख्याती कमाएका आचार्यले दोस्रो विवाह गर्दा उनका दर्शक घटे वा घटेनन् ? त्यो पछि थाहा हुँदै जाला। जे होस् उनले दोस्रो विवाह नगरेका भए हुन्थ्यो भन्ने कतिपय दर्शकका चाहना सामाजिक सञ्जाल फेसबुक मार्फत पनि व्यक्त भइरहेकै छ। मीरा त तारा भइन् भनेर गीत लेखेर गाउने हरिवंशले किन रमिलालाई अर्को उज्यालो तारा देखे ? श्रीमती नभए जीव्ान लथालिङ्ग हुँदोरहेछ, उनी आफैंले स्वीकार गरेका छन् रमिलासँग दोस्रो विवाह गरे भनेर। हुनत उनलाई विवाह गर्न दबाब दिने पनि त्यही मानसिकताबाट प्रेरित भएकाहरू नै हुनुपर्छ। फेरि पनि दोष हरिवंशलाई होइन, समाज र संस्कारलाई जान्छ। के मीरा बाँचेर हरिवंश नभइदिएका भए मीरा दिदीले दोस्रो विवाह गर्थिन् ? असम्भव, समाजबाट शायद उनी बहिष्कारमा पर्थिन् होला, कतिको नजरमा उनी बोक्सी कहलिन्थिन् कि Û उनले ठाँटिएर हिँड्न पाउन्नथिन्। उनले भाग्यलाई दोष दिएरै बाँकी जीवन काट्नुपथ्र्याे तर हरिवशंले त्यसो गर्नुपरेन। उनले नयाँ जीवन पाएका छन्। कुरा रह्यो धरावासीको। उनी त सीता जीवित छँदै दास्रो बिहे गर्छन् जस्तै देखिन्थे। साहित्यिक वृत्तमा उनका व्यवहार र हाउभाउले त्यस्तै जनाउँथ्यो भन्ोर चर्चा चलेकै हो। त्यसो त उनले सीताजी भनेर श्रीमतीलाई आफ्ना रचनाहरूमा सम्मानका साथ पनि उभ्याएका थिए। उनको उपचारमा पनि निकै दुःख गरेकै हुन्। अन्तिम अवस्थामा सीताले जीवन कहानी कृति नै प्रकाशित गरिन्। उमेरले निकै बूढाजस्ता देखिने उनले पनि दोस्रो विवाह गर्छन् भन्न्ो उनका पाठकहरूलाई पनि लागेको थिएन होला। हरिवंशले विहे गरेको सातापछि उनलाई अलि सजिलो भएछ क्यारे बिहे गरेको सार्वजनिक गरे। हुनत उनीहरूजस्ता प्रतिष्ठित व्यक्तिहरूले चाहेका भए अविवाहित महिलाहरूसँग पनि विवाह गर्न सक्ने कुरा स्पष्ट छ। त्यसो गर्ने पुरुषहरू पनि धेरै छन् समाजमा। दुवैले जो-जोसँग दोस्रो विवाह गरे उनीहरू उनका प्रतिष्ठाका कारण पनि त जोडिन चाहन्थे होलान्। तर दोस्रो विवाहको नाममा दुई लब्ध प्रतिष्ठित पुरुषहरूले आ-आफ्नो प्रतिष्ठा नघटाएका भएहुन्थ्यो भन्ने लाग्छ।

Friday, August 3, 2012


'प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत भइनँ'

उपचारका लागि भन्दै करिब १० दिनयता भारतमा रहेका नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओली राजनीतिक भेटवार्तापछि शुक्रबार  स्वदेश र्फकदैछन । भारतका नवनिर्वाचित राष्ट्रपति लगायत उच्च नेताहरुसँग भएको भेटवार्ता, मुलुकको राजनीतिक गतिरोध तथा समाधानका उपायबारे कान्तिपुरका लागि नयाँ दिल्ली संवाददाता महेश आचार्यले उनीसंग कुराकानी गरेका छन् ।
भारतीय नेताहरूसँगको भेटमा के कुरा भयो ?
पहिलो कुरा त म यहाँ दुइटा उद्देश्यले आएँ भन्दा हुन्छ । पहिलो, म नियमित उपचारका लागि आएको हुँ । दोस्रो, प्रणव मुखर्जी भर्खरै राष्ट्रपति निर्वाचित हुनुभएको संयोग पनि पर्‍यो । त्यसैलाई उहाँलाई बधाई तथा शुभकामना दिने प्रयोजन पनि रह्यो । साथसाथै, थुप्रै भारतीय नेताहरूसँग राम्रो सम्बन्ध र चिनजान भएका हिसाबले भेटवार्ताहरू पनि भयो । मैले भेटेका यहाँका मित्रहरूमा कंग्रेस आईका महामन्त्रीहरू जनार्दन द्विवेदी र दिग्विजय सिंह, लोकसभामा विपक्षी दलकी नेतृ सुष्मा स्वाराज, बिजेपीका अन्य नेताहरू यसवन्त सिन्हा, मुरली मनोहर जोशी तथा भगत सिंह कोसियारी र अरू केही विद्वान्, पत्रकार हुनुहुन्छ । तीन/चार दिन औषधिका लागि ग्याप राख्नुपर्ने भएकाले त्यही मौकाको उपयोग गरेर दक्षिण भारतको केरलातिर पनि गएँ ।
स्वाभाविक हो, भारतका नेताहरूमा नेपालको लोकतन्त्र, स्थिरता र स्थायित्व तथा शान्तिको सवालमा चासो छ । भारतले लोकतान्त्रिक आन्दोलनलाई उहिलेदेखि नै समर्थन गर्दै आएको छ । राणाकाल, पञ्चायत वा सक्रिय राजतन्त्रविरोधी आन्दोलन होस् या माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कुरा, भारतको सकारात्मक दृष्टिकोण रहिआएको छ ।
नेपाल अहिले जटिलतामा फसेका बेला कसरी समस्या सल्टिएला भन्ने सम्बन्धमा भारतीय नेतामा जिज्ञासा हुनु स्वाभाविक हो । दुई मुलुकको पारस्परिक सम्बन्ध र मित्रतालाई कसरी अझ राम्ररी अगाडि बढाउन सकिन्छ भन्ने कुरा हुनु स्वाभाविक हो ।
भारतीय नेताहरूको जिज्ञासामा तपाईंले के जवाफ दिनुभो त ?
नेपालको वर्तमान अवस्था जस्तो छ, त्यस्तै कुरा राखेँ । संविधान जारी नगरी संविधानसभा भंग भयो । संवैधानिक रिक्तता छ । राजनीतिक संकटको स्थिति छ । साथै अहिले कामचलाउ सरकार छ र यो सरकार अर्काे सरकार बनाउन सहयोगी बन्न सकिरहेको पनि छैन । तर हामी राष्ट्रिय सहमतिका साथ अघि बढ्ने प्रयासमा छौं, कामचलाउ सरकारका पक्षलाई पनि हामी साथै लिएर जान चाहन्छौं, त्यस पक्षलाई रूपान्तरण गर्न चाहन्छौं । कमसेकम हामी के भन्न सक्छौं भने, कुनै प्रकारको अतिवाद वा तानाशाही, नेपालमा कायम हुन सक्दैन, शान्तिबाहेक अब हिंसाको सम्भावना छैन, लोकतन्त्रबाहेक तानाशाहीको सम्भावना छैन, यदि असमानता र भेदभावयुक्त समाज कायम राख्छु कसैले भन्छ भने त्यो सम्भव छैन । राष्ट्रिय एकतालाई भड्काउने प्रयासहरू पनि सफल हुँदैनन् भन्ने कुरा मैले राखेँ ।
भारतीय नेताहरूले सार्वजनिक रूपमै नेपालको संकट समाधानका लागि सुझाव दिइरहेको सुनिन्छ, देखिन्छ । त्यस्तो केही सुझाव दिए उनीहरूले तपाईंलाई पनि ?
मैले विभिन्न देशका सरकारसँग कुरा गरेको छु, अहिलेसम्म कसैले पनि मलाई यसो गर्नुस्, उसो गर्नुस् भनेको छैन । न भारतले, न चीनले न पूर्वले न पश्चिमले नै । कसो गरौं, के गरौं भनेर सोध्ने कसैको शैलीका कारण सायद उनीहरूले भने होलान्, त्यो मलाई थाहा छैन । तर नेपालको प्रश्न हाम्रो प्रश्न हो, हामीले समाधान गर्ने हो । कसरी अगाडि बढ्दै हुनुहुन्छ भनेर चासो राख्दा हामीले बताउने हो । उहाँहरूले यसो-यसो गर्नुस् भन्दा होइन यसो गर्छौं भन्ने कुरा हामीले बताउने हो ।
साथै, अहिले एउटा कुरा के हो भने राष्ट्रिय एकतालाई खलबल्याउने, सत्ताप्राप्ति र सत्तामा कायम रहनका लागि राष्ट्रिय एकतालाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार र आपराधिक खालका चिन्तन र गतिविधि भएका छन्, तर ती सफल हुँदैनन् ।
के अहिलेको सत्तारूढ गठबन्धन त्यस्ता गतिविधिमा लाग्यो भन्ने यहाँको भनाइ हो ?
अब त के गठबन्धन भन्नु, सत्तारूढ गिरोहभन्दा हुन्छ । गठबन्धन जस्तो पनि रहेन अब । विघटित संविधानसभाकै कुरा गर्दा पनि उहाँहरूसँग पौने २ सय भोट छन् अथवा संविधानसभा रहँदा भएका पार्टीहरूको संख्या हेर्दा ३३ मध्ये ८ वटा मात्र छन् ।
तर चुनावमा त उहाँहरूले जित्नुभएको, तपाईंहरूले हार्नुभएको सत्य त छ नि ?
इतिहासमा त्यस्तो कहिलेकाहीं हुन्छ । मैले अक्सर भन्ने गर्छु, तीन वर्षको पीपलभन्दा तीन महिनाको तीतेपाती अग्लो हुन्छ । तीतेपाती ठूलो रूख बन्छ भन्ने कसैले ठान्छ भने त्यो एक अवधिको कुरा हो, हलक्क बढ्छ, अनि त्यसपछि समाप्त हुन्छ । पहिले उनीहरूको जुन क्रेज, आतंक थियो, त्यो खतम भयो । भ्रमवशको आकर्षण पनि खतम भइसक्यो । अब त इतिहासमा संविधानसभा थियो, हामी ठूलो पार्टी हुने गथ्र्याैं भन्ने सम्भिmने कुरा मात्र भयो ।
नेपाली राजनीतिमा भारतीय प्रभावको कुरा कसैले अस्वीकार गरेको छैन । तपाईंले चाहिँ नेपालमा भारतीय भूमिकालाई कसरी मूल्यांकन गर्नुभएको छ ? 
भारतीय भूमिकामा म विश्वास गर्छु । भारत सदैव लोकतन्त्रको पक्षमा रहिआएको छ । यद्यपि कहिलेकाहीं मिसअन्डरस्ट्यान्डिङ हुनसक्छ, परिस्थिति मूल्यांकनको सन्दर्भमा । त्यस भूमिकालाई कतिपय कोणबाट अलिकति फरक ढंगले बुझ्ने भिन्नता पनि हुन सक्छ । तर म विश्वास गर्छु कि भारतको भूमिका नेपालको शान्ति, अग्रगतिको विरुद्धमा हुँदैन । मैले जति भारतीय नेताहरूसँग भेटघाट गरेँ, उहाँहरूको अभिव्यक्तिमा मैले ती कुरा प्रस्ट रूपमा पाएँ ।
वर्तमान सरकारबारे के रहेछ भारतीय पक्षको बुझाई ?
कसैमा भ्रम हुनु बेग्लै थियो । जस्तो नेपालभित्र भ्रम थियो, डाक्टर आएपछि इलाज हुन्छ भन्ने तर डाक्टर अर्को चीजका परे, बिमारी अर्कै थियो । देशभरभित्र परेको भ्रम कुना कन्धरामा यता पनि परेको हुन सक्तछ तर थियो भने पनि अब त्यसमा स्पष्टता छ ।
राष्ट्रिय सहमति हुनुपर्छ, संविधान बन्नुपर्छ भन्नेजस्ता कुरा प्रायः सबै नेताले गर्छन् । तर ठोस समाधानको उपाय दिन कसैले सकेको छैन । समाधानको मार्ग के हो ?
हामीले पहिलेदेखि स्पष्ट भन्दै आएका छौं । पहिलो कुरा, संविधान बन्न नदिने, संविधानसभा विघटन गर्ने, संसद् पनि रहन नदिने अहिलेको सत्ताधारी गुट हो । एकताबद्ध ढंगबाट जाने प्रयासमा बाधक पनि यही गुट हो । यो गुटले सहमति र सहकार्यको बाटोमा हिँडेको राष्ट्रिय राजनीतिलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्यो । नकारात्मक दिशातर्फ मुलुकलाई धकेल्ने अहिलेको सत्ताधारी गुटबाट नेतृत्व हुन नसक्ने स्पष्ट भइसक्यो । उनीहरूले नै भनेका थिए कि संविधान जारी नभए एक मिनेट पनि कुर्सीमा बस्दिनँ भनेर । आखिर त्यो कुरो जनतालाई धोका दिने झूट नै त रहेछ । त्यही भएर अब यिनीहरूबाहेक अरूको नेतृत्वमा राजनीतिक सहमतिको सरकार बन्नुपर्छ । माओवादीबाहेकको पार्टीले नेतृत्व गर्नु वाञ्छनीय हुन्छ ।
मौका आए एमाले नेतृत्व लिन तयार हो ?
हामीले नेतृत्व लिन कांगे्रसलाई बारम्बर भनिरहेका छौं । कांग्रेस सम्भवतः आन्तरिक समस्याका कारण नेतृत्व दिन सकिरहेको छैन । यदि नेपाली कांग्रेसले दिन सकेन भने के गर्ने ? नेपाली कांग्रेसजस्तै पुरानो इतिहास भएको, उत्तिकै योगदान भएको, दृष्टिकोणमा स्पष्ट भएको, एमाले छ । राष्ट्रिय एकताको पक्षमा रहने र सैद्धान्तिक तथा कार्यक्रमका हिसाबले पनि समृद्धितर्फ मुलुकलाई लैजान सक्ने त्यस्तो पार्टी छ भने त्यसले नेतृत्व गर्न सक्छ भन्नु अनुचित हुने छैन । तर प्रधानमन्त्रीको क्यान्डिडेटका रूपमा मैले भारतमा आफूलाई प्रस्तुत गरेँ भन्ने खबर गलत हुन् । मैले त्यसरी पोज गरेको छैन र जिम्मेवार नेताको हिसाबले त्यस्तो गर्ने मेरो स्वभाव पनि छैन ।
संविधानसभा निर्वाचन फेरि गराउने विकल्प खासगरी माओवादीबाट आइरहेछ । यसमा तपाईंको राय के ?
फेरि संविधानसभाको निर्वाचन गर्छु भन्नु मुलुकलाई गुमराहमा राख्नु हो । अब संसद्को निर्वाचन गर्नुपर्छ । त्यसले ३ वा ६ महिनाका लागि बाँकी काम वा सिफारिस गर्ने काम गर्छ । त्यसैलाई संविधानसभाको स्वरूप पनि दिने व्यवस्था गर्न सकिन्छ र संविधान जारी गर्न अधिकतम ६ महिना समय दिन सकिन्छ । पहिले संविधानसभा मुख्य थियो, संसद् पनि थियो । तर अब संसद् र त्यसैले संविधानसभाको पनि काम गर्ने गरी मिलाउनुपर्छ । यदि तोकिएको मितिभित्र संविधान जारी गर्न नसके संविधानसभाको स्वरूप समाप्त हुन्छ, संसद्मात्रै रहन्छ ।
चुनावमा जाने बाटोमा देखिएका संवैधानिक जटिलता कसरी मिलाउने ?
सहमतिका साथ दलहरूले सिफारिस गरेर राष्ट्रपतिबाट समस्या हटाउन लगाउने ।
संघीयतालाई लिएर एमालेका जनजाति तथा मधेसी नेताहरू छुट्टै विचार समूह बनाएर सक्रिय छन् । अब त्यो मामिलामा कसरी अगाडि बढ्छ एमाले ?
त्यो कुनै विचार समूह होइन । एक्काइसौ शताब्दीमा आएर पनि फाल्तु कुरा गर्न सुहाउँछ । केही कुरा नबुझी ट्याइँट्याइँ गरेर हुन्छ र । आइडोलोजिकल, पोलिटिकल कुरा गर्नुपर्छ । साम्प्रदायिक कुरा गरेर हुन्छ ? सम्प्रदायको, समुदायको उत्थान गरौं, त्यो ठीक छ । तर साम्प्रदायिक कुरा गर्नु सही होइन ।
भनेपछि, पार्टी थप कडा कारबाही गर्ने पक्षमा हो ?
हाम्रो उद्देश्य कारबाही गर्ने होइन । नबुझेकालाई बुझाउने र सच्याउने हो ।

Cause of disease and sin




Zfl//df ag]sf] cz'4 /ut jf kLksf sf/0f /f]u nfUb5 . / of] cz'4 /ut / kLksf sf/0f cfTdfdf afbn nfUb5, h'g cfkm}df kfksf sf/0f pTkGg ePsf] xf] . kfk b'O k|sf/sf 5g— dflg;n] hGdhft NofPsf] kfk / cfˆgf] hLjgsfndf u/]sf s'sd{sf sf/0f nfu]sf] kfk . h'g kfkx? xfdL hGdb} af]s]/ cfPsf x'G5f}+, tL kfk xfd|f k'vf{x?n] u/]sf kfk x'g eg] xfd|f] hLjgdf xfdL cfkm}n] u/]sf] kfk eg]sf] xfdLn] ;fdflhs dfGotf ljkl/t c?nfO{ xfgL x'g]u/L u/]sf ;a} sfdx?sf] k|ltkmn xf] .
;j{k|yd, cfpg'xf]; xfd|f k'vf{x?n] u/]sf kfknfO{ glhs}af6 lgofnf}+ . clxn] cl:tTjdf /x]sf xfdL dflg;x?sf] hLjg s'g} klg rLh;Fu ;DalGwt ge}sg Ps}rf]l6 wtL{df pk|m]/ cfPsf] xf]Og . jt{dfg cj:yfdf xfdL jf:tjdf JolQmut hLjg afFlr/x]sf 5f}+, t/ xfd|f] of] JolQmut hLjg ;of}+ cyjf xhf/f}+ jif{ cl3b]lv cl:tTjdf /x]sf xfd|f ;a} k'vf{x?sf] kfk–k'0osf] ;du| ¿k xf] . clxn] xfdLn] xfd|f k'vf{x?sf] k|ltlglwTj ub}{ jt{dfg o'udf ;f; km]l//x]sf 5f}+ / afFlr/x]sf 5f}+ . hLjgsf] of] ¿k cem} klg o:tf] cl:tTj xf] hf] s]xL ;dokl5 zfZjt?kdf cfufdL k':tfnfO{ x:tfGt/0f ul/g] 5 . Jofks b[li6sf]0fn] ;f]Rbf jt{dfgdf afFlr/x]sf xfdL xfd|f k'vf{ / ;GttLx? aLrsf ;Dks{ dfWod dfq} xf}+ . / ;fgf] dfgdf ljrf/ ubf{ xfdL xfd|f 5f]/f–5f]/L / afa'–cfdfnfO{ hf]8\g] lsnf dfq xf}+ . h;/L Pp6f lsnfn] b'Oj6f kmn]snfO{ hf]8]/ /fV5, To;}u/L xfdLn] klg xfd|f k'vf{ / j+zh aLr lsnfsf] sfd ug]{ xf] .