नेपाली कांग्रेस र नेकपा एमालेलगायतका विपक्षी दलहरुको गठबन्धनले सहमतिको प्रक्रिया अघि बढिरहेक बेला सरकारले एकलौटी ढंगले बजेट ल्याएकोमा त्यसको विरोध गर्दै अब सरकार विरोधी आन्दोलन चर्काउने निर्णय गरेको छ। कामचलाउ सरकारले प्रतिपक्षीहरुलाई छलेर बजेट ल्याएको अवस्थामा अब के गर्ने भन्नेबारे समीक्षा र रणनीति तय गर्न एमाले मुख्यालय बल्खुमा बसेको विपक्षी गठबन्धनको बैठकले आन्दोलनकै बलबाट सरकारलाई फाल्ने निष्कर्ष निकालेको छ ।
यस सन्दर्भमा प्रतिक्रिया ब्यक्त गर्दै केही राजनीतिक विश्लेषकहरुले बैठक र आन्दोलनमा समय खर्चिनु भन्दा खुरुक्क नयाँ प्रधानमन्त्रिका लागि उमेदवारको नाम लिएर राष्ट्रपति कार्यालय पुगेकोभए यो कामचलाउ सरकार आफै बाहिरिन्थ्यो भनेका छन।
सरकारले घोषणा गरेको नयाँ निर्बाचनको मिति पनि सरकारको आयु लम्ब्याउने रणनीति मात्रै भएको निष्कर्ष निकाल्दै विपक्षी गठबन्धनको बैठकले सरकारले ल्याएको बजेटलाई समर्थन नगर्ने निर्णय गरेको छ । गठबन्धनले अब वार्ताका लागि मात्र वार्तामा नबस्ने निर्णय पनि गरेको छ ।
No comments:
Post a Comment