Wednesday, November 21, 2012

राष्ट्र संघका महासचिव बान की मूनद्वारा प्यालेस्टिनी रकेट आक्रमणको निन्दा


प्यालेस्टिनी विद्रोही समूह र इजरेल बीच युद्ध विराम गराउने प्रयासस्वरूप इजिप्टको कायेरोमा भैरहेको वार्ता स्थलबाट इजरेलको राजधानी पुग्नुभएका राष्ट्र संघका महासचिव बान की मूनले इजरेलका प्रधानमन्त्री नेत्न्याहुसँग संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्नुभयो। सो अबसरमा उहाँले प्यालेस्टिनी विद्रोही पक्षबाट भएको रकेट आक्रमणको निन्दा गर्नुभयो। तर उहाँले इजरेलको भने आलोचना पनि गर्नुभएन। उहाँले इजरेलसँग सम्भव भएसम्मको 'संयम अपनाउन' आग्रह मात्र गर्नुभयो। 
विश्वका सम्पन्न पूजीबादी राष्ट्रहरुको समर्थन र सहयोग पाएर मैमत्त भएको इजरेलले तीनजना इजरेली नागरिक मारिएको प्रतिकारमा निहत्था र निर्दोष तीन सयभन्दा बढी प्यालेस्टिनी मार्दा पनि उसको निन्दा गर्न नपर्ने, बरु उल्टै प्यालेस्टाइनी पक्षकै निन्दा गर्नुपर्ने यो बाध्यता कस्तो? आफ्नो जागिर जोगाउनका लागि मुटुमाथि ढुंगा राखेर भए पनि सत्यबाट दृष्टि घुमाउनैपर्ने, अन्तै। योभन्दा ठूलो दुर्भाग्य अरु के हुनसक्छ! 
  
इजिप्टमा शान्ति वार्ता चलिरहेको छ। यहाँ इजरेलले प्यालेस्टिनीहरुको निद र भोक दुवै हराम गरिराख्याछ। त्यसै पनि झुकिरहेको निहत्था कमजोरलाई अझ झुकाएर वार्तालाई आफ्नो पक्षमा पार्ने प्रयास गर्नु बुद्धिमत्तापूर्ण निर्णय नै हो।   

No comments:

Post a Comment