बेलायतको इंग्ल्यान्ड र वेल्सको केही भागमा आएको बाढीका कारण दुइजना मानिस मारिनुका साथै आठ सयभन्दा बढी घर जलमग्न भएको कुरा त्यहाँको वातावरण नियोगले जनाएको छ। भिषण वर्षा र आँधिका कारण आएको बाढीले आठ सय घर प्रभावित भएको, तर डेभोन र कोर्नवल सबैभन्दा नराम्ररी प्रभावित भएको जानकारी सो नियोगले दिएको छ।
मारिनेमध्ये एउटी महिला आँधीले ढालेको रुखले किचिएर मरेकी र अर्का एकजना पुरुषको गाडी उर्लेर बाढी आएको नदीमा खसेर बेपत्ता हुँदा मारिएको बताइएको छ। तर, क्यम्ब्रिज्शायेर प्रहरीले भने सत्तरी वर्षे ती बुढाको मृत्यु मौसमसङ्ग सम्बन्धित कारणले नभएको जनाएको छ। प्रहरी प्रवक्ताले त्यस प्रकारको घटना वर्षको कुनै पनि बेला हुनसक्ने बताएका छन।
यसैबीच, बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले ट्वीटरमा एक संदेश सार्बजनिक गरि प्रभावित क्षेत्रको सहयोगका लागि सबै काम गरिने बताउनुभएको बिबिसीले जनाएको छ।
तस्विर सौजन्य: बिबिसी
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment