प्रधानमन्त्री बाबुराम भट्टराईले आज सोमबार राष्ट्रिय योजना आयोगको सभाकक्ष सिंहदरवारमा आयोजित कार्यक्रममा जनगणना प्रतिवेदन २०६८ औपचारिकरुपमा सार्वजनिक गर्नुभयो।
गत बर्ष गरिएको जनगणनाको प्रतिवेदनअनुसार, नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ ।
प्रतिवेदनमा नेपालको जनसंख्या वृद्धि दर १ दशमल ३५ प्रतिशत पुगेको कुरा उल्लेख गरिएको छ । जनगणनाको यस प्रेतिबेदंले पनि पहिले झैँ नेपालमा महिलाको जनसंख्या बढी, अर्थात् एकाउन्न दसमलब पाँच प्रतिसत रहेको देखाएको छ ।
जनगणनाले यस अवधिमा नेपालको साक्षरता दर बढेर पैंसटठी दसमलब नौ प्रतिसत पुगेको देखाएको छ । सन् दुइ हजार एकमा नेपालको साक्षरता डर चवन्न दसमलब एक प्रतिसत थियो।
१०-१० वर्षमा जनगणना विवरण सार्वजनिक गर्ने परम्पराअनुसार राष्ट्रिय तथ्यांक विभागले गत बर्ष गरिएको जनगणनाका आधारमा तयार पारिएको यो प्रतिवेदन आज सार्वजनिक गरेको हो।
No comments:
Post a Comment