नेपालको जनसंख्या हाल २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ । १०-१० वर्षमा जनगणना विवरण सार्वजनिक गर्ने परम्पराअनुसार राष्ट्रिय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनासम्बन्धी प्रतिवेदनमा सो कुरा उल्लेख छ ।
प्रधानमन्त्री बाबुराम भट्टराईले आजै राष्ट्रिय योजना आयोगको सभाकक्ष सिंहदरवारमा राष्ट्रिय जनगणना २०६८ प्रतिवेदन औपचारिकरुपमा सार्वजनिक गर्नुहुने कार्यक्रम छ। प्रतिवेदनमा नेपालको जनसंख्या वृद्धि दर १ दशमल ३५ प्रतिशत पुगेको कुरा उल्लेख गरिएको छ । यस वर्षको जनगणनामा पनि पहिले झैँ महिलाको संख्या बढी छ । जनगणनाले यस अवधिमा नेपालको साक्षरता दर बढेर छैसटठी प्रतिसत पुगेको देखाएको छ ।
No comments:
Post a Comment