नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपाली कांग्रेसले अहिले आन्दोलनमा जानुको साटो वर्तमान सरकारमै सामेल भएर समस्या समाधानमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
सुनसरीको जिल्लाको सदरमुकाम इनरुवामा आज संचारकर्मीहरुसित कुराकानी गर्दे सुजाता कोइरालाले पार्टीले आन्दोलनको साटो सरकारलाई दवाब दिनेसम्मको कार्यक्रम मात्र गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। आन्दोलनका लागि पार्टीको नेतत्व पूर्ण सक्षम नरहेको आरोप पनि लगाउनुभयो ।
नेपाली कांग्रेस पार्टीको हालको नेतृत्व गिरिजाप्रसाद कोइरालाको पालाको जस्तो ससक्त व्यक्तित्वको हातमा नरहेकाले आन्दोलनले सफलता पाउने कुरामा अशंका व्यक्त गर्दै उहाँले अहिले कांग्रेसले गर्ने यस आन्दोलनले अरु शक्तीलाई फाइदा पुग्ने दावी गर्नुभयो।
No comments:
Post a Comment