अमेरिकाका राष्ट्रपति बाराक ओबामाले बजेटसम्बन्धी संकटलाई टार्नका लागि कुनै पनि राजनीतिक व्यवस्थापन अन्तर्गत धनि मानिसहरुले बढी कर तिर्नुपर्ने कुरा बताउनु भएको छ। आफू दोश्रो कार्यकालका लागि निर्बाचित भएपछि राष्ट्रिय महत्वको बिषयमा बोल्दै ओबामाले कर-वृद्धि र खर्च-कटौतीको पुलिन्दा सम्बन्धमा देखापरेको तथाकथित आर्थिक संकटका विरुद्ध कांग्रेसले कदम चाल्नैपर्छ भन्नुभयो।
तर अर्को पत्रकार सम्मेलनमा बोल्दै रिपब्लिकन कांग्रेस सभामुख जोन बोएनेरले कर-वृद्धिको प्रस्ताव स्वीकार्य हुनसक्दैन भन्नुभएको छ। बजेट विश्लेसकहरुले राष्ट्रपतिद्वारा ल्याइने प्रस्ताव र कांग्रेसद्वारा सिर्जना गरिने अबरोधजस्तो समस्याको समाधान नखोजिएसम्म बजेटसम्बन्धी समस्या यथावत रहने र मुलुक मन्दीको चपेटामा फस्ने चेतावनी दिएका छन।

सम्पन्न व्यक्तीहरुले बढी कर तिर्नुपर्ने कुरा राष्ट्रपति ओबामाले पटक-पटक भन्दैआउनुभएको छ। तर रिपब्लिकनहरुका लागि यस्तो योजना कदापि स्वीकार्य देखिदैन।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको पूर्बी कक्षमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति ओबामाले 'समृद्धितिरको हाम्रो मार्गलाई टुटाउन हामी सक्दैनौ। बजेट घाटा कम गर्न यदि हामी गम्भीर छौ भने खर्च कटौतीलाई राजश्वसँग तालमेल गराउनै पर्छ। र यसको अर्थ भनेको धनि अमेरिकीहरुलाई अलिकति बढी कर तिर्न आग्रह गर्नु हो' भन्नुभयो।
No comments:
Post a Comment