विश्व बैंकले उत्प्रेरणात्मक उपयाहरु र भौतिक संरचनासम्बन्धी परियोजनाहरुका कारण यस वर्ष चीनको आर्थिक वृद्धि दर अरु उच्च हुनसक्ने अनुमान गरेको छ। कारखानाहरुको उत्पादन र लगानीमा वृद्धिले चीनको अर्थतन्त्र सुधारको बाटोमा लागेको देखिन्छ, विश्व बैंकको भविष्यवाणीमा उल्लेख गरिएको छ।
विश्व बैंकले भनेको छ, सन् दुइ हजार तेह्रमा चीनको आर्थिक वृद्धि दर पहिले अनुमान गरिएको 8.1% बाट बढेर 8.4% पुग्ने छ। चीनको आर्थिक वृद्धि दरमा पछिल्ला महिनामा देखापरेको मन्दताले यस्तो अवस्थाबाट मुक्ति पाउनका लागि विभिन्न प्रकारका उत्प्रेरणात्मक उपायहरु अवलम्बन गर्न नीति निर्माताहरुलाई उक्साएको थियो।
त्यस्ता उत्प्रेरणात्मक उपायहरुमध्ये गत जून महिनादेखि दुइ पटक ब्याज दरमा कटौती, र एक सय पचास अर्ब डलर बराबरका भौतिक संरचनाहरुको निर्माण परियोजनालाई स्वीकृति दिनु रहेकाछन। चीनको केन्द्रिय बैंक- जन-बैंकले पनि ऋण प्रवाहलाई बढाउनका लागि बैंकमा राख्नुपर्ने निक्षेपमा तीन गुणाले कटौती गरेको छ।
ऋण प्रदान गर्ने सर्तहरुमा सरलीकरण र भौतिक संरचनाहरुमा सार्वजनिक लगानीले प्रभाव देखाउनथालेको कुरा विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment