बेलायती प्रधानमन्त्री डेभिड क्यामेरोनले आगामी वर्ष अफगानिस्तानबाट तीन हजार आठ सय बेलायती सैनिकलाई फिर्ता गरिने कुरा बताउनुभएको छ।
बेलायती सांसदहरुको प्रश्नको जबाब दिदै प्रधानमन्त्री क्यामेरोनले सन् दुइ हजार तेह्रको अन्त्यसम्ममा अफगानिस्तानमा बेलायती सैनिकको संख्या पाँच हजार दुइ सयमा झर्ने बताउनुभयो।
दुइ हजार चौधको अन्त्यसम्ममा अफगान सेनालाई जिम्मेवारी हस्तान्तरंका साथै अफगानिस्तानमा नेटो सेनाको कारबाही अन्त हुने जानकारी पनि क्यामेरोनले दिनुभयो। तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment