सरकारले भनेअनुसार आगामी वैशाखमा हुने निर्वाचनका लागि आवश्यक तयारी शुरु गरिएको जानकारी निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दिनुभएको छ । यस सम्बन्धमा राजनीतिक दलका प्रतिनिधिहरुलाई चाँडै बोलाएर फेरि जानकारी दिइने कुरा आयुक्त यादवले बताउनुभयो। '

करिब एक महिनामा निर्वाचन आयोग पदाधिकारीविहीन हुने कुरा स्मरण गराउंदै आयुक्त यादवले यसबारेमा सरकार र दलहरूलाई जानकारी छ, यसो हुँदाहुँदै पनि आयोग पदाधिकारीविहीन हुने अवस्था आयो भने कसरी निर्वाचन हुनसक्ला र? भनी प्रश्न तेर्स्याउनुभयो।
आयोगले यसअघि नै संविधान तथा ऐन कानुनका संशोधन हुनुपर्ने बुँदा किटान गरी सरकारलाई बुझाइसकेको जानकारी पनि दिनुभयो।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ र आयुक्त यादवको पदावधि आगामी पुस २६ गते सकिंदैछ।
तस्विर सौजन्य: इकान्तिपुर
तस्विर सौजन्य: इकान्तिपुर
No comments:
Post a Comment