बाँके जिल्ला अदालतले दुइजना विद्यार्थीको अपहरण गरी फिरौती लीइसकेपछी हत्या गरेको अभियोगमा मेराज अहमद साईलाई सर्वस्व हरणसहित अठहत्तर वर्ष काराबासको सजाय सुनाएको छ । मेराज अहमद साईले दुइजना विद्यार्थी- कपिल द्ववेदी र लिलाधर भट्टको दुई वर्षअघि अपहरण गरी दस लाख रुपियाँ फिरौती लिइसकेपछि हत्या गरेको थियो ।
मेराजलाई दुई बालकको अपहरण र हत्यामा संलग्नत भएको ठहर गर्दै अदालते प्रत्येक बालकबापत ३९-३९ वर्ष काराबास सजाय तोकेको हो । जिल्ला न्यायधिश शेखरप्रसाद पौड्यालको इजालासले अपहरणमा संलग्न अन्य आठ अभियुक्त प्रत्यकलाई उन्नाइस उन्नाइस वर्ष काराबास सजाय तोक्नुका साथै पीडित परिवारलाई एक लाख रुपियाँ क्षतिपूर्ति दिलाउने र फिरौती बापत तिरेको दस लाख रुपियाँ फिर्ता गराउने फैसला गरेको छ । फिरौती दिन मध्यस्थता गरेको अभियोग लागेका चन्द्रेश्वरप्रसाद सिंहलाई अदालतले सफाइ दिएको छ । त्यस्तै, अपहरण र हत्याका सहयोगी प्रहरी हवल्दार साकिर अलि बेहनालाई बाइस वर्षको काराबास सजाय तोकिएको छ ।
उन्नाइस उन्नाइस वर्ष काराबास सजाय पाउनेहरुमा इब्राईम मनियार, रज्जाब अलि शेख, नाजिर खाँ, राजितराम बर्मा, रामशोभित बर्मा, कैलाश गडरिया रहेका छन।
ती विद्यार्थीहरु कपिल द्विवेदी र लिलाधर भट्टको अपहरण तथा हत्याका मुख्य योजनाकार रामसुरेश बर्मा भने फरार रहेको बताइएको छ।
No comments:
Post a Comment