रसियाको विदेश मन्त्रालयले सिरियाका सन्दर्भमा रसियाको स्थितिमा कुनै परिवर्तन आएको छैन र कहिलेइ आउने पनि छैन भनेको छ। रसियाका उप-विदेश मन्त्री मिखाइल बाग्दानवले सिरियाको गृह-युद्धमा सरकारी सेनाको नियन्त्रण घट्दै गएको र प्रतिद्वन्द्वी विद्रोही सामू राष्ट्रपति बसार अल-असदको सत्ता पराजित हुनसक्ने आशंका व्यक्त गर्नुभएको एक दिनपछि रुसको अधिकारिक प्रतिक्रिया आएको छ।
रुसी विदेश मन्त्रालयले सिरियाली समस्याको समाधान राजनीतिक तरिकाले मात्र गर्नुपर्ने भन्दै रसियाको स्थिति स्पष्ट परेको छ।
यसैबीच, अमेरिकाले टर्कीलाई प्याट्रीओट् क्षेप्याश्त्र पठाउनेभएको छ। यस सम्बन्धमा अमेरिकी रक्षा मन्त्री लेओन पनेत्ताले सिरियाका तर्फबाट हुनसक्ने क्षेप्याश्त्र अथवा हवाई आक्रमणबाट टर्कीका नागरिकको सुरक्षाका लागि भन्दै दुइवटा बेटरी र चार सय सैनिक तैनाथ गर्ने अनुमति दिने दस्ताबेजमा सही गर्नुभएको छ।
जर्मनी र नेदर्ल्यान्द्सले पनि दक्षिणी टर्कीमा तैनाथ गर्नका लागि भनेर दुइ दुइवटा बेटरी प्रदान गर्नेभएका छन्।
मेरो विचार: सहयोग गर्नु राम्रो कुरा हो। तर त्यस्तो सहयोगको दुरुपयोग नहोस भन्नेतिर पनि सजग हुनुपर्छ। सिरियामा बसार अल-असदको सरकार वैधानिक सरकार हो र त्यो नै सिरियाली जनताको प्रतिनिधित्व पनि हो। वैधानिक सरकारलाई सहयोग गर्नुको साटो आफुलाई मन नपरेकै कारण त्यसलाई अपदस्त गर्ने हेतु राष्ट्र संघदेखि अनेकौं आन्तरिक विद्रोही सम्मको प्रयोग मात्र नगरी तीनलाई सिरियाली जनताका प्रतिनिधि समेत भन्नेहरुले त्यसो गर्लान भनेर आशा गर्नुको अर्थ छ र?
No comments:
Post a Comment