राष्ट्रिय प्रजातंत्र पार्टि, नेपालका अध्यक्ष कमल थापाले पाँच वर्षदेखि हालसम्म सहमतीको कुरा गर्ने, तर सहमतिका नाममा बैठक मात्र गर्ने नेपालका राजनीतिक दलहरु बीच सहमति हुने सम्भावना नरहेको धारणा व्यक्त गर्नुभएको छ।
नेपाललाई हिन्दु राष्ट्र कायम गराउन दवाब दिने उद्देश्यले जनकपुरबाट शुरु गरिने रथयात्राको तयारीमा जुट्नुभएका थापाले आज मंगलबार सर्लाहीको लालबन्दीमा पत्रकारहरुसँग कुरा गर्दै बाह्य शक्तिको बलमा अचानक नाटकीय परिवर्तन भए मात्र, नत्र भने कुनै पनि हालतमा सहमतीय सरकार नबन्ने दावी गर्नुभयो। 'चारतिर फर्केका दलहरुबीच सहमति हुने कुनै सम्भावना छैन', अध्यक्ष थापाले भन्नुभयो।
पाँच वर्ष अघिको तुलनामा यी चार दलको हैसियत जनतामा कमजोर बन्दैगएको दाबी गर्दै थापाले मधेसवादीसहित चार दलको 'सिन्डिकेट'ले गरेको सहमति आफूलाई मान्य नहुने बताउनुभयो।
अपार जनधनको क्षतिको परिणामस्वरूप प्राप्त उपलव्धिको रक्षा गर्न नसक्ने यी राजनीतिक दलहरु अपराधबोधले ग्रस्त छन, त्यसैले यिनीहरु जनतामा जान चाहदैनन्न, त्यसैकारण नयाँ निर्वाचनको हल्ला पनि हल्लै मात्र हुनसक्छ, अध्यक्ष थापाले भन्नुभयो।
No comments:
Post a Comment