अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्ना नागरिक बिरुद्ध रासायनिक हतियार प्रयोग गरेमा सिरियाली राष्ट्रपति बसार अल-असदले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ। अमेरिकाको राष्ट्रिय सुरक्षा विश्वविद्यालयमा आणविक अप्रसार सम्बन्धमा बोल्दै ओबामाले 'विश्वले नियालिरहेको छ, आणविक हतियारको प्रयोग पूर्णरुपमा अस्वीकार्य छ र रहनेछ' भन्नुभयो।
तर सिरियाली अधिकारीले भने 'त्यस्तो हतियारको प्रयोग 'कहिलेइ पनि र कुनै पनि अवस्थामा नगरिने' बताएका छन्।
यसैवीच, राष्ट्र संघले अत्यावश्यक बाहेकका सबै विदेशी कर्मचारीलाई सिरियाबाट हटाउने कुरा जनाएको छ। राष्ट्र संघीय समाचार संस्था इरिनले दिएको जानकारीअनुसार, एक सय विदेशी कर्मचारीमध्ये पच्चीसजनाले यसै हप्ता सिरिया छोड्नसक्ने छन् र राजधानी दमास्कस बाहिर संचालित सबै मानवीय सहायता कार्यक्रमहरु केहि समयका लागि स्थगित गरिने छन्।
तस्विर सौजन्य: बिबिसी
No comments:
Post a Comment