Monday, December 3, 2012

पश्चिमी किनारा र पूर्बी जेरुसलममा तिन हजार नयाँ घर बनाउने इजरेलको निर्णयको विरोध

राष्ट्र संघीय महासभाले राष्ट्र संघमा प्यालेस्टाइनको स्तर बृद्धि गर्ने पक्षमा मतदान गरेको भोलिपल्ट पश्चिमी किनारा र पूर्बी जेरुसलममा तिन हजार नयाँ घर बनाउने अधिकार प्रदान गरेको छ। 
इजरेलको यस निर्णयको विरोधमा बेलायत र फ्रान्सले आफ्नो मुलुकका लागि इजरेली राजदूतलाई बोलाएर नयाँ घर बनाउने इजरेल सरकारको निर्णयको विरोध गरेका छन।

इजरेल सरकारको यस निर्णयले प्यालेस्टिनीहरुसङ्ग शान्ति कायम गर्ने इजरेली प्रतिबद्धतामाथि शंका उत्पन्न गराएको कुरा बेलायतले जनाएको छ।

स्वीडनले पनि इजरेली राजदूतलाई बोलाएको छ भने, रसिया र जर्मनीले पनि इजरेली सरकारको यस निर्णयको विरोध गरेका छन्।

राष्ट्र संघले नयाँ घरहरुको निर्माण प्यालेस्टिनीहरुसङ्ग शान्तिको आशामाथि घातक प्रहार हुनसक्ने चेतावनी दिएको छ। 

No comments:

Post a Comment