Monday, December 3, 2012


बाबुरामको सत्ता बहिर्गमनको एकोहोरो आलापमा कुनै तुक्,तर्क नभै केवल लघुताभासले पीडित भै उनको तेजोबध गर्ने नियत मात्र देखिन्छ| बाबुरामको सट्टामा बाजेरामै आएपनि रातारात राष्ट्रिय सहमति हुन्छ भन्ने के ग्यारन्टी? एमाङ्रेसले राष्ट्रिय सहमति ल्याउने बस्तुगत खाका (गफ होइन) जनता सामु ल्याएर आन्दोलन आव्वहाँन गरन| त्य्समा चित्त बुझे जनताले साथ दिन्छ| बित्थाको यो कुर्सी रोदन सुन्दा सुन्दा वाक्कै भैयो|आफ्नै पार्टिभित्र परिपाटी मिलाउन नसक्ने काङ्रेसलाई कुर्सी दिएर देश त झन भडखालमा जाकिहाल्छ नि! पछील्लो राजनीति उठबसले भट्टराई नै ठीक भनेर भनिसके पछि कुरो बुझौँ है! लिँडेढिपी नै गर्ने हो भने गरिराख, आँफै थचारिन्छौ|

मेरो विचार: कुरो त साँचो हो नि, कसो? बाबुरामले राजिनामा दिएको दुइ मिनेटमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्छौं भन्नेहरु अहिले घोषणा गर्दा के बिग्रन्छ भन्ने चिन्तामा होलान? ल ठीक छ, मानौं एकछिनका लागि। तर बर्षौं लगाएर पनि सहमति गर्न नसक्नेहरुले दुइ मिनेटमा त सहमति गर्नसक्ने कुरै छैन। 

यहाँनेर बुझ्नलायक गुह्य कुरो के हुनसक्छ भने, प्रधानमन्त्रीले ल म बाहिरिएँ, आउनुहोस सहमतिका लागि के गर्नसकिन्छ बार्ता गरौँ भनी बोलाउँदा 'हाम्रो उम्मेदवार उहाँ हुनुहुन्छ, तपाईंहरु सहमतिमा आउनेभए आउनुस, नत्र बाहिरै बस्नुस' भनेर कुर्ची ओगट्ने, माओवादीलाई जिल्लाराम पार्ने। होइन भने, दुइ मिनेटमा सबै मिलाउने जादूको छडी त कसैसँग छैन शायद!  

No comments:

Post a Comment